काठमाडौं : नयाँ पुस्ताको लगाव र जुझारुपनलाई मध्यनजर गर्दै सर्वनाम थिएटर तेश्रो देशब्यापी १० मिनेट नाटक मेला आयोजना गर्ने भएको छ।
घण्टौँ बसेर नाटक हेरेका दर्शकहरुको लागी नौलो स्वाद लिन पाउने भएका छन्। पछिल्लो समय युवा पुस्ताको नाटक र रंगकर्मप्रतिको रुची तथा सहभागीता बढिरहेको समयमा युवा रंगकर्मीलाई लक्षीत गरी सर्वनामले नाटक मेला आयोजना गर्न लागेको जनाएको छ।
पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरेको मेलाको तेश्रो संस्करणका लागी नाटक दर्ताको लागी आव्हान गरिएको छ।
मेलामा सहभागिताका लागि नाटकको अवधी जम्मा दश मिनेट वा सो भन्दा कम हुनुपर्ने र नाटकमा नाट्य समाग्रीको प्रयोग एकदमै न्युन गरिनुपर्ने आयोजकले जनाएको छ।
मंसीरको तेश्रो साता देशब्यापी रुपमा आयोजना गरिने मेलाका लागि देशब्यापी रुपमा नाटकको आव्हान गरिएको छ।
भर्खरै रंगकर्म सिकेर रंगमञ्चमा केही गर्न चाहने युवा रंगकर्मीलाई लक्षीत गरेर आयोजना गरिने यो मेलामा बितेका वर्ष झण्डै ६ दर्जन नाटक सहभागीता जनाइसेकेका छन्।
आफूले जीवनभर 'स्पेस' को अभाव भौतारिएको अनुभव स्मरण गर्दै अबका युवा रंगकर्मीले त्यो अभाव झेल्नु नपोरोस् भन्ने उद्देश्यले १० मिनेट नाटक मेला आयोजना गरेको सर्वनामका निर्देशक अशेष मल्लले बताए। ‘दश मिनेट सिर्जना अभिव्यक्तका लागी पर्यँप्त नहोला, तर थोरैमा धेरै भन्न सकिने अवसर पनि हो। मल्लले भने, ‘अबको नाटक लघु नाटक, एकाङ्की वा पूर्णाङ्कीमा विभक्त हहुँदैन। नाटक केवल नाटक हो, चाहे तीन घण्टा होस वा दश मिनेटको। यो नाटकको संक्षेप होइन, स्वयम्मा पुर्ण हो।’
मेलाका संयोजक राज शाहले आफूहरुले नयाँ सोचको १० मिनेट नाटक मेला सफल होला की नहोला भन्ने अन्यौल हुँदाहुँदै सुरु गरेको यो नाटक मेला उत्साहजनक रुपमा तेश्रो संस्करणसम्म आइपुगेको बताए। १० मिनेट नाटक मेलाले केही लेखक तथा निर्देशकहरुले उत्साहित भएर रंगकर्ममा सक्रिय भएको कारणले पनी यो मेला गर्न झन उर्जा मिलेको बताए।
मेलामा सहभागी हुन रंगकर्मको योग्यता चाहिदैन, व्यक्तिगत वा संस्थागत रुपमा सर्वनाम थिएटरमा गएर रु १० तिरी नाटक दर्ता गर्न सकिने छ। नाटक मंसीर १५ गते सम्म सर्वनाम थिएटर कालीकास्थानमा दर्ता गरिसक्नुपर्नेछ। छनोट भएका नाटकलाई मंसीरको अन्तिम साता नाटक मेलामा सहभागी बनाइने आयोजकले बताए।