PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'कांग्रेस र राजपा–फोरमबीच गठबन्धन नहुने, आवश्यकता अनुसार तालमेल हुने'



रमेश वाग्ले

'कांग्रेस र राजपा–फोरमबीच गठबन्धन नहुने, आवश्यकता अनुसार तालमेल हुने'

काठमाडौँ:  नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तराई मधेसमा राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमसँग गठबन्धन नगर्ने तयारी गरेको छ। औपचारिक तालमेल नगरे पनि एक–अर्काका शीर्ष नेतालाई सघाउनेबारे भने छलफल जारी छ।

लोकतान्त्रिक गठबन्धन बनाएर निर्वाचनमा जान कार्यदल समेत बनाएको कांग्रेसले कार्यदलस्तरमा नै राजपा र संघीय समाजवादी गठबन्धबाट हैसियतभन्दा बढी क्षेत्र माग भएपछि कांग्रेसले त्यस्तो प्रस्ताव राखेको हो।

राजपा र फोरमको गठबन्धनले कांग्रेससँग प्रदेश २ मा ३२ मध्ये २० क्षेत्र माग गरेपछि गठबन्धन नहुने अवस्थामा पुगेको हो।

'राजपा-संघीय समाजवादी फोरमसँग चुनावी तालमेल गर्ने कि मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने भनेर संसदीय समितिमा छलफल भइरहेको छ,' संसदीय समिति सदस्य बालकृष्ण खाँणले भने, 'मैत्रीपूर्ण प्रतिस्पर्धामा जाऔँ भनेर नै उहाँहरुसँग कुराकानी भइरहेको छ।'

कांग्रेस, राजपा र फोरमबीच प्रमुख नेताहरुलाई एक अर्को पक्षले सहयोग गर्ने विषयमा पनि समझदारी नजिक पुगेको खाँणले बताए।

'हाम्रा शीर्ष तहका नेताहरु लडेको ठाउँमा उहाँहरुले सहयोग गर्ने, उहाँहरुका शीर्ष नेता लडेको ठाउँमा हामीले सहयोग गरिदिने भन्ने भएको छ,' नेता खाँणले भने, 'त्यस बाहेकका क्षेत्रमा उहाँहरु र हामीहरुबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुनेछ।'

उनले कम्युनिष्ट गठबन्धन भएकाले कम्युनिष्टले जित्ने क्षेत्रमा स्थानीय तहकै रिपोर्टिङका आधारमा तालमेल हुनसक्ने बताए।

राजपा-फोरम गठबन्धनले प्रदेश नम्बर २ मा मात्र कांग्रेससँग तालमेल गरी बाँकी रहेका प्रदेशमा कांग्रेसलाई सहयोग गर्ने प्रस्ताव राखे पनि त्यसलाई कांग्रेसले अस्वीकार गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell