
फोर्ब्सले विश्वका मोस्ट ब्राण्ड भ्यालु भएका स्पोर्टस् टिम र खेलाडीको नाम सार्वजनिक गरेको छ।
वर्तमान समयमा सबैभन्दा बढी ब्राण्ड भ्यालु भएको खेलाडीमा टेनिस लेजेण्ड रोजर फेडेरर छन्। स्वीस स्टार फेडेररको ब्राण्ड भ्यालु २८ मिलियन पाउण्ड रहेको छ।
दोस्रो स्थानमा लेब्रोन जेम्स र तेस्रोमा उसेन बोल्ट छन्। फुटबल खेलाडीतर्फ फिफा बेस्ट अवार्ड विनर क्रिस्टियानो रोनाल्डो अगाडि छन्।
यता अर्का स्टार फुटबल खेलाडी लियोनल मेसीलाई भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले पछि पारेका छन्। सूचीको सातौँ स्थानमा रहेका कोहलीको ब्राण्ड भ्यालु ११ मिलियन पाउण्ड भने भने १० मिलियन पाउण्ड ब्राण्ड भ्यालु रहेका मेसी नवौँ स्थान छन्।
रोनाल्डोको ब्राण्ड भ्यालु १३.२ प्रतिशतले वृद्धि हुँदा मेसीको १० प्रतिशत घटेको छ।
शीर्ष दशको सूचीमा गल्फका सबैभन्दा धेरै ३ खेलाडी छन् भने फुटबल र बास्केटबलका समान २-२ खेलाडी छन्।
यता मोस्ट ब्राण्ड भ्यालु भएको टिमतर्फ भने शीर्ष दशमा ३ फुटबल क्लब छन्। धेरै ब्राण्ड भ्यालु भएको टिमतर्फ अमेरिकन प्रोफेसनल फुटबल टिम डल्लास काउब्वाइज छ। उसको ब्राण्ड भ्यालु ६७६ मिलियन पाउण्ड छ। दोस्रो स्थानमा अमेरिकन बेसबल क्लब न्यूयोर्क याङ्किज तथा तेस्रो स्थानमा अमेरिकन बास्केटबल टिम लस एन्जलस लेकर्स छ।
प्रिमियर लिगमा दोस्रो स्थानमा रहेको म्यानचेष्टर युनाइटेड धेरै प्रतियोगिता जित्न नसके पनि फुटबलमध्ये सबैभन्दा अगाडि छ। युनाइटेडको ब्राण्ड भ्यालु यस वर्ष १२.८ प्रतिशतले वृद्धि भएको हो।
त्यसपछि स्पानिस क्लबद्वय बार्सिलोना र रियल मड्रिड छन्। चौथो स्थानको युनाइटेडको ब्राण्ड भ्यालु ४०५ मिलियन पाउण्ड भने भने पाँचौ स्थानमा रहेको बार्सिलोनाको ४०५ मिलियन छ। यस्तै ३८५ मिलियन ब्राण्ड भ्यालुका साथ रियल सातौँ स्थानमा छ।
बार्साको भ्यालु ५.५ प्रतिशतले वृद्धि हुँदा रियलको भने २.१ प्रतिशतले घटेको छ।
यी हुन् शीर्ष दशमा परेको मोस्ट भ्यालुएबल ब्राण्ड र प्लेअर