PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

बालक मृत्युको विषयलाई लिएर झापामा प्रहरी र सर्वसाधारणबीच झडप



पहिलोपोस्ट

बालक मृत्युको विषयलाई लिएर झापामा प्रहरी र सर्वसाधारणबीच झडप

झापा: झापाको बिर्तामोडमा बालक मृत्युको विषयलाई लिएर प्रहरी र स्थानीय सर्वसाधारणबीच झडप भएको छ।

अर्जुनधारा नगरपालिका ११ का ११ वर्षीय बालक लक्ष्मण सिवाकोटी असोज १४ गते घरबाट खेल्न गएका थिए। त्यसको २४ घन्टामै सिवाकोटीको शव स्थानीय खोलामा भेटिएको थियो।

घटनापछि प्रहरीले शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बेला अनुसन्धान चित्त बुझ्दो नभएको भन्दै आफन्तहरुले प्रहरी कार्यालय घेराउ गरेका थिए। कार्यालय घेराउका क्रममा प्रहरी र बालकका आफन्तबीच झडप भएको हो।

प्रहरी कार्यालयमा ढ्ङ्गामुडा गर्ने २६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटना नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell