धादिङ : धादिङको जुंगेखोलाबाट काठमाडौँतर्फ गइरहेको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
बा२ख ७१८२ नम्बरको टिपरले काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बा८२प ७७९७ नम्बरको मोटरसाइकललाई धुनीबेँसी नगरपालिका– ९ खानीखोलामा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैको घटनास्थलमै मृत्यु भएको हो।
मृत्यु हुनेमा काठमाडौं बबरमहलका २२ वर्षीय रामेश्वर सिलवाल र त्रिपुरेश्वरका २३ वर्षीय सलिन तुलाधर छन्। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।रासस