PahiloPost

Mar 20, 2026 | ६ चैत्र २०८२

प्रमुख निर्वाचन आयुक्तले भनेः प्रत्यक्षतर्फको मतपत्र आजैदेखि छापिन्छ



रमेश वाग्ले

प्रमुख निर्वाचन आयुक्तले भनेः प्रत्यक्षतर्फको मतपत्र आजैदेखि छापिन्छ

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आजदेखि प्रत्यक्षतर्फको मतपत्र छापिने बताएका छन्। निर्वाचन सुरक्षाका विषयमा काठमाडौंको होटल याक एण्ड यतिमा राखेको सुरक्षा अधिकारीहरुको तालिमको उद्घाटन गर्दै प्रमुख आयुक्त यादवले यस्तो जानकारी दिएका हुन्। 

'सर्वोच्चको पछिल्लो आदेश निर्वाचन आयोगमा प्राप्त भएको छैन,' उनले भने, 'आयोग निर्वाचन तालिकामा काम गरिरहेको छ।

समानुपातिकतर्फको मतपत्र आजै छापी सकिन्छ र आजै पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि मतपत्र छापिन थाल्छ।' 

प्रमुख आयुक्त यादवले निर्वाचनको मिति नजिकिएको भन्दै तालिका अनुसार काम नगरे आयोग अप्ठेरोमा पर्ने बताए। आयोग अप्ठेरोमा पर्दा निर्वाचन अप्ठेरोमा पर्ने र त्यसले संविधान कार्यान्वयनमा बाधा हुँदा पूरै देश अप्ठेरोमा पर्ने पनि उनले बताए।

यादवले सर्वोच्च अदालतको आदेशको आयोगले सम्मान गर्दै आएको बताए। 

'निर्वाचन आयोगले सर्वोच्चको आदेशको सधैं सम्मान गर्छ,' यादवले भने, 'यसअघिका आदेशको उल्लंघन नहुने गरी आयोगले काम गरिरहेको छ। तर पछिल्लो आदेश निर्वाचन आयोगमा प्राप्त भएको छैन।' 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell