PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

आइसीसी वुमन्स टी-२० क्ववलिफायरका लागि दोस्रो चरणमा २२ खेलाडी छनोट



पहिलोपोस्ट

आइसीसी वुमन्स टी-२० क्ववलिफायरका लागि दोस्रो चरणमा २२ खेलाडी छनोट

काठमाडौं : आइसीसी वुमन्स टी-२० क्वालिफायर एसियन रिजनका लागि दोस्रो चरणमा २२ खेलाडी छनोट भएका छन्।

आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय क्रकेट टिमका प्रशिक्षक जगत टमाटा, महिला राष्ट्रिय टोलीका प्रशिक्षक सामसनजंग थापा र महिला राष्ट्रिय टोलीका कप्तान रुविना क्षेत्री सम्मलित छनोट समितिले २२ खेलाडी छनोट गरेको हो।

पहिलो चरणमा क्याम्पमा बोलाइएका ४८ मध्ये ४४ खेलाडी उपस्थित थिए र त्यसैबाट २२ खेलाडी छानिएको हो।

अब २२ बाट अन्तिम १४ खेलाडीको सूची सार्वजनिक गरिनेछ। थाइल्याण्डमा हुने प्रतियोगिता अघि नेपालले एक साताभन्दा बढी बंगलादेश टुर गर्नेछ।

 

दोस्रो चरणमा छानिएका २२ खेलाडीको सूची

रुविना क्षेत्री (कप्तान), सीता राना मगर, ज्योती पाण्डे, सरीता मगर, नेरी थापा, रोमा थापा, इन्दु बर्मा, करुणा भण्डारी, सोनु खड्का, शोभा आले, नितु भण्डारी, एलिसा क्षेत्री, कविता कुवँर, बिनु बुढा मगर, सरस्वती चौधरी, लक्ष्मी चौधरी, रितु कनोजिया, संगीता राई, अन्जली चन्द, काजोल श्रेष्ठ, रेखा रावल, सवनम राई



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell