
क्यानबेर्रा : अष्ट्रेलियाका उपप्रधानमन्त्री बर्नाबी जोयस संसदमा रहन अयोग्य ठहरिएका छन्। उनीसँगै अन्य चार जना राजनीतिज्ञलाई पनि शुक्रबार उच्च अदालतले सांसद रहन अयोग्य ठहर गरेको हो।
उनीहरुसँग दोहोरो नागरिकता रहेकाले सांसद बन्न अयोग्य भएको फैसला अदालतले गरेको हो। अष्ट्रेलियाको संविधानमा दोहोरो नागरिकता भएको व्यक्ति निर्वाचित हुन नपाउने व्यवस्था छ।
जोयसकै पार्टीका उपनेता तथा सांसद फिओना नाश, माल्कोलम रोबर्टस्, स्कट लुड्लाम र लारिसा वाटर्स पनि अयोग्य ठहरिएका छन्। उनीहरुले भने यसअघि नै सांसद पदबाट राजीनामा दिईसकेका छन्।
जोयस र लुड्लामका बुवा आमा न्युजल्याण्डमा जन्मिएका हुन्। त्यसैगरी नाशको बुवा स्कटल्याण्डमा जन्मिएका हुन् भने रोबर्टस् भारतमा जन्मिएका थिए। त्यस्तै वेल्स र उनको बुवाको जन्म क्यानडामा भएको थियो।
उनीहरुको सांसद पद खारेज भएसँगै अष्ट्रेलियाको अहिलेको सरकारले संसदको बहुमत गुमाएको छ। रासस/सिन्ह्वा