PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

बनेपामा एकै परिवारका चार जना मृत्युको घटनाः तीन महिनामा पनि आएन भिसेरा रिपोर्ट



पहिलोपोस्ट

बनेपा : काभ्रेको बनेपामा एकै परिवारका चारजनाको मृत्यु भएको घटनाको तीन महिना बितिसक्दा पनि भिसेरा परीक्षणको रिपोर्ट आएको छैन। 
साउन ६ गते बनेपा–८ स्थित बसपार्कमा मृत फेला परेका दाहाल परिवारका चारजनाको भिसेरा परीक्षणको रिपोर्ट नआउँदा घटनाको वास्तविकता सार्वजनिक हुन सकेको छैन। 

प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले परीक्षण रिपोर्टले आत्महत्या भएको देखाए पनि भिसेरा रिपोर्ट नआउञ्जेल निक्र्योलमा पुग्न नसकिने बताए। 

भिसेरा परीक्षणका लागि ताकेता गर्न नसकिने तर अब केही दिनभित्रै रिपोर्ट आउने अनुमान गर्दै उनले रिपोर्ट आएपछि मात्रै अन्य अनुसन्धान सुरु हुने जानकारी दिए। 

भिसेरा परीक्षणबाट सेल्फास नामक विषादी हो वा होइन ? कुन समयमा खाएको, सबैजनाले कुन–कुन समयमा खाएको, एकैपटक खाएको वा नखाएको भन्ने विस्तृत विवरण आउने बताइएको छ। 

बनेपा–८ स्थित बसपार्कमा रहेको गौतम भोजनालयमा ६५ वर्षीय हरिभक्त दाहाल, ६० वर्षीया हरिमाया दाहाल, ३२ वर्षीय राजाराम दाहाल र २५ वर्षीया रञ्जना दाहाल मृत फेला परेपछि स्थानीय बासिन्दाले घटना रहस्मय भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेका थिए। सम्पत्ति र घरायसी विवादका कारण उनीहरूले सामूहिक आत्महत्या गरेको आशङ्का गरिएको थियो। 

मृत फेला परेका व्यक्ति बाबु, आमा, छोरा र छोरी हुन्। गौतम भोजनालयमा भित्रबाट ताल्चा लगाएर उनीहरूले विष सेवन गरेको र सेल्फास नामक विषादीको बोतलसमेत प्रहरीले घटनास्थलमा फेला पारेको थियो। 

उता धुलिखेल नगरपालिका वडा नं २ का वडाध्यक्ष राजन कोइरालाको हत्यामा संलग्न व्यक्ति अझै पनि फेला परेका छैनन्। 

प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको जनाएपनि हत्यारा फेला नपर्दा घटना रहस्यमय भएको हो। भदौ ४ गते आक्रमणमा परेका वडा अध्यक्ष कोइरालाको उपचारका क्रममा काठमाडौँमा निधन भएको थियो।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell