PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

लमजुङबाट थालनी गरियो उत्तराद्र्ध साहित्य बहस



पहिलोपोस्ट

लमजुङबाट थालनी गरियो उत्तराद्र्ध साहित्य बहस

लमजुङ  : ज्येष्ठ नागरिकको मनोविज्ञान र अवस्थामा लेखिने साहित्य विषयमा लमजुङबाट बहसको थालनी गरिएको छ।

‘मेरो राष्ट्र मेरो ध्येय’ नारासहित कला–साहित्य यात्रामा लमजुङ आइपुगेका साहित्यकारले आज बेंसीशहरमा उत्तराद्र्ध साहित्यबारे विचारविमर्श गरेका हुन्। । 

नेपाली कला साहित्य डट कम प्रतिष्ठानकी अध्यक्ष एवं साहित्यकार मोमिला जोशीले उत्तराद्र्ध साहित्यमार्फत ज्येष्ठ नागरिकको मनोविज्ञान र अवस्था साहित्यमा कसरी प्रस्तुत भइरहेको छ भन्ने नयाँ बहस सुरु गरिएको बताइन्।

कार्यक्रममा उत्तराद्र्ध साहित्यः परिकल्पना, विश्व परिदृष्य र सम्भावनाबारे त्रिभुवन विश्वविद्यालयका अंग्रेजी केन्द्रीय विभागका उपप्राध्यापक केशव सिग्देलले कार्यपत्र प्रस्तुत गरेका थिए। 

कार्यक्रममा वरिष्ठ कवि एवं संस्कृतिविद् तुलसी दिवसले साहित्यलाई दिगो विकाससँग जोड्दै लैजानुपर्नेमा जोड दिए। उत्तराद्र्ध साहित्य लेखनबारेको बहस सकारात्मक रहेको यसलाई सांगठनिक रुप दिन आवश्यक रहेको उनको भनाइ थियो। 

सर्वोदय सेवा आश्रमसँग मिलेर शुरु गरिएको साहित्य यात्राका लागि राजधानीबाट २५ साहित्यकार सम्मिलित टोली लमजुङ आएको छ।

यात्राअन्तर्गत बेंशीसहर, ज्येष्ठनागरिक आश्रम तार्कुघाट हर्राबोटमा सिर्जना उत्सव गरिएको छ। ऐतिहासिक स्थल राइनास मोहोरियाकोटमा शनिबार साहित्यिक कार्यक्रम राखिएको सर्बोदय सेवाश्रम लमजुङका अध्यक्ष कृष्णराज ओलियाले जानकारी दिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell