पोखरा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू चितवन ३ बाट चुनाव लड्ने बताएका छन्।
लेखनाथ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १३ औं बार्षिक साधारण सभा तथा चौथो अधिवेशनको उद्घाटनका लागि पोखरा आएका प्रचण्डले कार्यकर्तासँगको भेटमा आफूलाई कस्केली जनाताको सहयोग र सद्भाव भएपनि निर्बाचन भने चितवनबाट लड्ने बताए।
उनले वाम गठबन्धनबीच उम्मेदवारी टुंग्याउने बिषयमा छलफल चलिरहेको भन्दै कास्कीमा आफ्नो पार्टीले एक प्रतिनिधिसभासहित २ प्रदेशसभाको दाबी गरेको बताए।
वाम गठबन्धन गर्नुको औचित्य प्रष्ट्याउदै अध्यक्ष प्रचण्डले विगतमा जडशुत्रबादी र दक्षिणपन्थीहरुको साथ नलिएको भए माओवादीको अवस्था सानो पार्टी सरह हुने भन्दै समय र परिस्थितलाई मुल्याङकन गरेर आफू अगाडि बढ्ेको बताए।
‘समयमै सचेत भएकाले हाम्रो पार्टी राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा स्थापित भईसकेको छ, समय र जनताको आवश्यकताका आधारमा माओवादीले फड्को मारेकैले स्थापित पार्टी बनेको हो’उनले भने।
अहिलेको गठबन्धन मजबुत बनाउन माओबादी प्रतिबद्ध रहेको उनले बताए। ‘वाम गठबन्धन धेरै मेहनत र धेरैको भावनाले सम्भव भएको हो।
पार्टी एकीकरणका लागि पनि निरन्तर छलफल भईरहेको छ, उनले भने–माओवादी यसतर्फ इमान्दार छ। त्यसले मात्रै हामी पुनः राष्ट्रिय राजनीतिमा प्रवेश गर्न सक्छौं।’
शहीदको सपना र जनताको भावना पूरा गर्न समाजवादको यात्राले मात्रै सम्भव भएको भन्दै उनले यसलाई पूरा गर्न पार्टी बलियो र ठूलो हुनुपर्ने बताए।