PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

नेपालमा पाँचौ पटक अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता हुँदै



पहिलोपोस्ट

नेपालमा पाँचौ पटक अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता हुँदै

काठमाडौं : अखिल नेपाल लन टेनिस संघ (एएनएलटिए) को आयोजनामा यू-१४ एसियन र्‍याङकिङ टेनिस टुर्नामेन्ट आगामी सोमबारबाट नेपालमा शुरु हुँदैछ।

एएनएलटिएले नेपाली टेनिस इतिहासमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागेको यो पाँचा पटक हो।

गत वर्ष यसै प्रतियोगितामार्फत अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न शुरु गरेको एएनएलटिए यसपटक पनि सर्किट १ र सर्किट २ दुवै प्रतियोगिता गर्दैछ। सर्किट १ अक्टोबर ३० देखि नोभेम्वर ३ सम्म हुनेछ भने सर्किट २ नोभेम्वर ६ देखि १० सम्म हुनेछ।

सबै खेलहरु सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ।

'गत वर्ष यही टुर्नामेन्टबाट हामीले अन्तर्राष्ट्रिय प्रतियोगिताको शुरुवात गरेका थियौँ। अहिले यो पाँचौ टुर्नामेन्ट हो भने ७ वटा इभेन्ट गरिसकेका छौँ।' टुर्नामेन्ट डिरेक्टर एवं एएनएलटिएका सदस्य अजय विष्टले भने।

विष्टका अनुसार नेपालबाट प्रतियोगितामा ९ पुरुष र १३ महिला खेलाडी सहभागी हुनेछन्।

प्रतियोगितामा नेपालसहित भारत, हङकङ र अमेरिकन खेलाडीको समेत सहभागिता रहनेछ।

एसियन टुर्नामेन्ट भएपनि र्‍याङकिङ बढाउन विश्वका कुनै पनि खेलाडीले भाग लिन पाउने प्रावधान अनुसार अमेरिकन खेलाडी सहभागि हुन लागेको आयोजकले प्रष्ट पारेको छ।

यस्तै श्रीलंकामा पनि अहिले प्रतियझगिता भइरहेका कारण दषिण एसियाली क्षेत्रका खेलाडी कम उपस्थित रहेको टुर्नामेन्ट डिरेक्टर विष्टले बताए।

प्रतियोगिता सञ्चालन गर्नका लागि इन्टरनेशनल टेनिस फेडेरेसन आइटिएफले नै रेफ्री पनि पठाएको छ। रेफ्रि विनयका अनुसार यो एसियाका क्याटेगोरी-४ टुर्नामेन्ट हो। यसमा सहभागि हुने ३२ खेलाडीले नै अंक प्राप्त गर्नेछन्।

विजेताले २ सय अंक तथा उपविजेताले सय अंक प्राप्त गर्ने उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell