PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

प्रधानमन्त्री देउवाले भने– कांग्रेसले निर्वाचनमा जित्छ जित्छ जित्छ



पहिलोपोस्ट

प्रधानमन्त्री देउवाले भने– कांग्रेसले निर्वाचनमा जित्छ जित्छ जित्छ

काठमाडौं :   प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसले नै जित्ने दावी गरेका छन्। 

कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले स्थापना दिवसको अवसरमा गरेको कार्यक्रममा सभापति देउवाले यस्तो दावी गरेका हुन्। 

‘नेपाली कांग्रेसविरुद्ध सबै एक भएकाले निर्वाचनमा हामीलाई चुनौतिहरु नभएका होइनन् तर चुनौतिसँगसँगै अवसर पनि छन्,’ देउवाले भने, ‘नेपालमा अब लोकतन्त्रमा विश्वास गर्ने एउटा मात्र पार्टी नेपाली कंग्रेस मात्र भएको छ। नेपाली कांग्रेसले चुनाव जित्छ जित्छ जित्छ।’

देउवाले तरुण दल र सम्मूर्ण तरुणहरुलाई नेपालमा लोकतन्त्रमा विश्वास गर्ने पार्टी कांग्रेसमात्र भएको कुरा आमजनतालाई घर घर पुगेर बुझाउन निर्देशन दिए। 

’तपाईँहरु जनताको घरदैलोमा पुगेर लोकतन्त्रमा विश्वास गर्ने कांग्रेस मात्र बाँकी छ भन्नुस् र नागरिक स्वतन्त्रका लागि पनि अब कांग्रेसमात्र हो भनेर बुझाउनुस,’ तरुणहरुलाई निर्देशन दिदै देउवाले भने, ‘जनतामा अरुले खडा गरेको भ्रम चिर्न मात्र सक्यौं भने कांग्रेसले चुनाव हार्दैन।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell