PahiloPost

Apr 3, 2026 | २० चैत्र २०८२

दोलखामा चुनावी गतिविधि बढ्यो, शान्तिपूर्ण निर्वाचन हुनेमा नागरिक समाजको आशंका



पहिलोपोस्ट

दोलखामा चुनावी गतिविधि बढ्यो, शान्तिपूर्ण निर्वाचन हुनेमा नागरिक समाजको आशंका

दोलखा :  आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिएसँगै मतदातालाई आफ्नो पक्षमा पार्न दोलखाका राजनीतिक दल सक्रिय भएका छन्। 

सदरमुकाम चरिकोटका चोक, चौतारा र चियापसलमा निर्वाचनको परिणाम आफ्नै पक्षमा परिणाम आउने चर्चा परिचर्चा मतदातामाझ हुन थालको छ । 

मुख्य तीन राजनीतिक दलका नेता तथा कार्यकर्ताले बैठक, भेटघाट र संगठन विस्तारजस्ता कार्यक्रमलाई अगाडि बढाएका छन्। संगठन मजबुत बनाउन विभिन्न राजनीतिक दलका कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने कार्य पनि तीव्र बन्दै गएको छ। 

नागरिक समाज दोलखाका अगुवा सुन्दरविक्रम कार्कीले भने,‘गुण्डागर्दीको शैलीमा निर्वाचन हुने केही जिल्लामध्ये दोलखा पनि हो। यहाँ गुण्डाका नाइकेहरूले पनि स्वतन्त्र उम्मेदवारका नाममा उम्मेदवारी दर्ता गरेका छन्। कसरी हुन्छ स्वतन्त्र चुनाव। स्वतन्त्र चुनाव भनेको दोलखाली स्वाभिमानी नागरिकका लागि आकाशको फल आँखातरी मर भने जस्तै भइरहेको छ।’ 

विगतमा दोलखामा स्थानीय प्रशासनले अतिसंवेदनशील स्थानमा प्रर्याप्त प्रहरी नपठाउँदा दुईजनाको ज्यान जानुका साथै ठूलो संख्यामा मतदाता मत हाल्नबाट वञ्चित हुनुपरेको आलो घाउ सुक्न नपाउँदै प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुन लागेको छ। 

दोलखाको बैत्यश्वर गाउँपालिकाको काभ्रे, गैरिमुदी, क्षेत्रपा, मार्बु, तामाकोशी गाउँपालिकाको शहरे, जिरी नगरपालिकाको ठूलोपाल, गौरीशंकर गाउँपालिकाको जुँगु, सुरी र मेलुङ गाउँपालिकाको पवटी अतिसंवेदनशील स्थान भएकाले स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाउन सर्वसाधारण नागरिकले अनुरोध गरेका अगुवा कार्कीले बताए।

राजनीतिक दलका नेता तथा कार्यकर्ताले पैसाको चलखेल सुरु गरिसकेका छन् यसलाई रोक्ने कसले भीनपा–४ का हरिकृष्ण खत्री भन्छन्, ’खसी बोका जसरी सोझासाझा नागरिकलाई किन्न दलका नेताहरु तल्लिन छन्।’ 

दोलखामा प्रतिनिधि सभामा एक र प्रदेशसभामा दु्ई वटा क्षेत्र छ। दोलखामा यति धेरैले उम्मेदवारी दर्ता गराए पनि मुख्य गरी नेपाली काँग्रेस र वाम गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिन्छ। 

रुद्रबहादुर खड्का नेपाली कांग्रेसकातर्फबाट प्रतिनिधि सभाका लागि दोलखाबाट उम्मेदवार बनेका छन् भने पार्वत गुरुङ वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा दोलखाबाट उम्मेदवार बनेका छन्। 

नेपाली कांग्रेसकातर्फबाट प्रदेश सभामा बर्मा लामा दोलखा ‘क’ बाट र केशवराज चौलागार्इं दोलखा ‘ख’ बाट उम्मेदवार बनेका छन्। 

विसं २०७० को दोस्रो संविधान सभामा समानुपातिकबाट सभासद् भएका पशुपति चौलागाईं यसपटक दोलखा ‘ख’ बाट प्रदेश सभामा उम्मेदवार बनेका छन्। विशाल खड्का यसपालिको निर्वाचनमा प्रत्यक्षतर्फबाट टिकट पाउने नेकपा माओवादी केन्द्र एक मात्र नेता हुन्। 

एमालेका पुराना नेता लालकुमार केसीले दोलखा ‘ख’ मा प्रदेश सभा सदस्यका लागि नेकपा मालेबाट उम्मेदवारी दिएका छन्। एमालेबाट टिकट नपाएपछि केसीले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय गई मालेकातर्फबाट उम्मेदवारी दर्ता गराएका हुन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell