PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

गम्भीर मानवअधिकार उल्लंघनकर्तालाई उम्मेदवार नबनाउन द्वन्द्वपीडितको माग 



पहिलोपोस्ट

काठमाडौं :  मानवअधिकारको गम्भीर उल्लंघनकर्तालाई आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार सिफारिश गरिएको भन्दै द्वन्द्वपीडितले आपत्ति जनाएका छन्।

द्वन्द्वपीडित साझा चौतारीले विज्ञप्ती जारी गरी पहिलो चरणमा उम्मेदवारी दिएका मानवअधिकारको गम्भीर उल्लंघनकर्ता व्यक्तिको उम्मेदवारी खारेज गर्न र दोस्रो चरणको निर्वाचनमा त्यस्ता व्यक्तिलाई उम्मेदवार नबनाउन दलहरुलाई आग्रह गरेको हो।

उसले फौजदारी अपराधमा संलग्न, भ्रष्टाचारी एवं गुण्डागर्दीमा संलग्न कुनै पनि व्यक्तिलाई निर्वाचनमा उम्मेदवार बनाउन नदिन पहल गर्न राष्ट्रिय मानवअधिकार आयोग तथा नागरिक समाजसँग अपिलसमेत गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell