PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

फ्रेन्च लिग वान : पिएसजीको अपराजित यात्रा कायमै, कभानीको दुई गोल



पहिलोपोस्ट

फ्रेन्च लिग वान : पिएसजीको अपराजित यात्रा कायमै, कभानीको दुई गोल

लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानमा अपराजित यात्रालाई ११ खेलसम्म पुर्‍याएको छ।

लिगअन्तर्गत गएराती भएको खेलमा एडिनसन कभानीले दुई गोल मद्दतमा पिएसजीले नाइसलाई ३-० ले पराजित गर्‍यो। पिएसजीका लागि कभानीले खेलको तेस्रो र ३१औँ मिनेटमा गोल गरे। नाइसका कप्तान दाँतेले ५२औँ मिनेटमा आत्मघाती उपहार दिएका थिए।

कभानी मैदानमा चम्किदा विश्वकै महँगा खेलाडी नेमारले स्ट्याट्ण्डबाट खेल हेरे। मार्से विरुद्धको अघिल्लो खेलमा रातो कार्ड पाएका नेमारले नाइस विरुद्धको खेल खेल्न नपाएका हुन्।

जितपछि पिएसजीले दोस्रो स्थानको मोनाको माथि ७ अंकको अग्रता बनाएको छ। ११ खेलबाट २९  अंक जोडेको पिएसजी शीर्स स्थानमा आसिन छ। एक खेल कम खेलेको मोनाको २२ अंकका साथ दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell