PahiloPost

May 14, 2025 | १ जेठ २०८२

कुस्ती उद्‍घाटन गर्दै उपेन्द्र यादवले भने : कुस्तीमा जस्तै चुनावमा जित्नु छ



राधेश्याम पटेल

कुस्ती उद्‍घाटन गर्दै उपेन्द्र यादवले भने : कुस्तीमा जस्तै चुनावमा जित्नु छ

वीरगंज : संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले वीरगंज–१६ इनार्वामा आयोजित विराट दंगल(कुस्ती) प्रतियोगिता उद्घाटन गरेका छन्। छठको थकाइ मेटाउन हरेक वर्ष दुई दिनसम्म आयोजना गरिने दंगल प्रतियोगितामा हजारौं दर्शक माझ उपेन्द्र यादव, वीरगंजका मेयर विजय सरावगी,फोरम नेपाल पर्सा अध्यक्ष प्रदीप यादव,प्रतियोगिता आयोजक समितिका अध्यक्ष प्रमोद यादवलगायतको उपस्थिति थियो। सबै जना मधेसको पहिचान रातो पगरी लगाएर आखाडाको मञ्चमा चढेका थिए।

शनिवारसम्म चल्ने दंगल प्रतियोगितामा दैनिक करिब सवा सय जोडी कुस्ती भइरहेको प्रतियोगिता सहजकर्ता मदन यादवले बताए। शुक्रवार नेपाल भारतका नामुद पहलमानहरुको दंगल प्रदर्शन गरियो भने आज नेपाल–भारतका महिला कुस्तीवाजहरुको लडाइ हुने कार्यक्रम छ। दंगलमा भारतको बनारस, गोरखपुर, गाजियाबाट, पन्जाब, हरियाणा, दिल्ली, मुम्बईलगायतका ठाउँबाट ख्याती प्राप्त पहलमानहरु कुस्ती लड्न आएका छन्।

दंगलको उद्घाटन गर्दै उपेन्द्र यादवले आगामी निर्वाचनमा कुस्तीकै दाउ आवश्यक रहेको बताएका छन्। ‘जसरी कुस्तीमा दाउ लगाएर प्रतिस्पर्धीलाई पराजित गरिन्छ, त्यस्तै दाउ प्रयोग गरी मधेश विरोध शक्तिहरुलाई पराजित गर्ने समय आएको छ,’ उनले भने। मधेशी जनताको सरकार प्रान्त र केन्द्रमा बनाउनु पर्ने जरुरी रहेको उनले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell