PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

शिक्षा ऐनको विरोध गर्दै अनेरास्ववियूले पोखरामा प्रधानमन्त्रीलाई देखायो कालोझण्डा, दुई जना पक्राउ



पहिलोपोस्ट

शिक्षा ऐनको विरोध गर्दै अनेरास्ववियूले पोखरामा प्रधानमन्त्रीलाई देखायो कालोझण्डा, दुई जना पक्राउ

पोखरा :  प्रधानमन्त्री शेरबहादुर देउवालाई शनिवार पोखरामा कालो झण्डा देखाईएको छ। नेपाली कांग्रेस कास्कीले पोखराको प्रदर्शनी केन्द्रमा आयोजना गरेको आमसभालाई सम्वोधन गर्न जाने क्रममा पोखराको पृथ्वीचोकमा अनेरास्ववियूका विद्यार्थीले शिक्षा ऐन पारित गरेको विरोधमा कालो झण्डा देखाएका हुन्। 

कालो झण्डा देखाएको अभियोगमा प्रहरीले अनेरास्ववियूका जिल्ला अध्यक्ष शेखर गौतमसहित जिल्ला सचिवालय सदस्य विश्व दर्शन पराजुलीलाई पक्राउ गरेको छ।  उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ।

अनेरास्ववियू कास्कीका उपाध्यक्ष लक्ष्मण तिमिल्सिनाले परिवर्तनको आन्दोलनका योद्धालाई प्रहरीले पक्राउ गरेको बताए। उनले आफ्ना नेताको विना शर्त रिहाई गर्न माग गरेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell