PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

भारतको आन्द्र प्रदेशमा ट्रक दुर्घटना, सात तीर्थयात्रुको मृत्यु, ६ घाइते



पहिलोपोस्ट

भारतको आन्द्र प्रदेशमा ट्रक दुर्घटना, सात तीर्थयात्रुको मृत्यु, ६ घाइते

नयाँदिल्ली : भारतको आन्द्र प्रदेशमा भएको ट्रक  दुर्घटनामा सात जना तीर्थयात्रुको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएमा केहीको अवस्था गम्भीर रहेको सरकारी अधिकारीले जानकारी दिएका छन्।
 
रवुलापालेम् अमलापुरम राजमार्गअन्तर्गत पर्ने पूर्वी गोदावरी जिल्लाको मोडेकुरुमा दुर्घटना भएको हो। प्रहरीको टोली उद्धारका लागि घटनास्थलमा पुग्दा यात्रु ट्रकको पांग्रा तलसमेत किचिएको अवस्थामा रहेको प्रहरी अधिकारीको जानकारी दिएको छ।
 
“मृत्यु भएका सबैजना महिला रहेका छन्। उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको हो, घाइतेको नजिकैको स्थानीय अस्पतालमा भर्ना गरिएको छ,” एक प्रहरी अधिकारीले भने। सबैजना अलवाराम गाउँमा स्थानीय बासिन्दा रहेका थिए । रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell