PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

तीन महिनापछि विद्युत सेवा शुरु



पहिलोपोस्ट

तीन महिनापछि विद्युत सेवा शुरु

गुल्मी : गुल्मीको दरमखोला लघुजल विद्युत् सेवा तीन महिनापछि संचालनमा आएको छ।
 
परोपकार बहुउद्देश्यीय सहकारी संस्था लि.द्वारा सञ्चालित परोपकार सहकारी जलविद्युत् परियोजना गत साउन महिनादेखि पटकपटक अवरुद्ध हुँदा नियमित हुन सकेको थिएन्। 

लामो समयपछि विद्युत् सेवा सञ्चालन आएसँगै सोही वडाका भर्जुवाअन्तर्गतका झण्डै १५५ घरधुरी उपभोक्ताको घरमा बिजुली बलेको छ। विद्युत् सञ्चालनसँगै बिजुली बत्ती, कुटानी पिसानी, फर्निचरलगायत विद्युतीय यन्त्रसमेत सञ्चालन आएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell