PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

एएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायरको लागि नेपाली टोली घोषणा



पहिलोपोस्ट

एएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायरको लागि नेपाली टोली घोषणा

काठमाडौं : एएफसी यू-१९ च्याम्पियनसिप-२०१८ क्वालिफायरका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ।

टोलीमा भुटानमा भएको यू-१८ साफ च्याम्पियनसिपको उपाधि जितेका खेलाडीको बाहुल्य रेहको छ। कप्तानमा अर्पण कार्की छन् भने प्रेजन तामाङलाई उपकप्तान बनाइएको छ।

भुटान गएको टिममा रहेका गोलरक्षक सन्देश गुरुङ मिडफिल्डर राजिव लोप्चन र राम वाजी तथा फरवार्ड दीपेश अले मगर टिमम आटाएनन्।

उनीहरुको स्थानमा गोलरक्षक सोजित गुरुङ सुरज ठकुरी राजेश परियार मनिस थापा टिममा परेका छन्।


२३ सदस्यीय नेपाली टोली

अर्पण कार्की (कप्तान), प्रेजन तामाङ (उपकप्तान), अभिषेक बराल, सोजित गुरुङ, विश्वास उदास, असिम भुसाल, विकास खवास, राजन गुरुङ, सुमन अर्याल, निराजन महर्जन, रोमन लिम्बु, अशोक थापा, दिनेश हेन्जन, अभिषेक रिजाल, अनिल महर्जन, सेसहाङ आङदम्बे, आकाश श्रेष्ठ, अरिक विष्ट, रेजिन सुब्बा, धिरज श्रेष्ठ, सुरज ठकुरी, राजेश परियार, मनिस थापा

मुख्य प्रशिक्षक : छिरिङ लोपसाङ

प्रशिक्षक : पुस्कर शाही

गोलकिपर प्रशिक्षक :  मृगेन्द्र मिश्र

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell