
आठराई : वर्षाले अवरुद्ध तेह्रथुमको पूर्वी संक्रान्ति–म्याङलुङ सडकखण्ड छ महिनापछि सञ्चालनमा आएको छ।
सवारीसाधन सञ्चालनमा आएसँगै आठराई क्षेत्रका स्थानीयवासीलाई सदरमुकाम आवतजावतमा सहज भएको छ।
वर्षाका कारण सडकखण्डमा पहिरो र खाल्डाखुल्डी भएकाले सवारी सञ्चालनमा गत जेठ महिनाबाट समस्या भएको थियो।
सडक अवरुद्ध हुँदा आठराईवासी सात जिल्ला घुमेर यातायातका साधनबाट सदरमुकामको यात्रा गर्न बाध्य थिए।
जिल्लाका स्थानीय तहले आआफ्ना क्षेत्रका सडक खुलाउन सडक मर्मतमा खर्च गरेको जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाले बताए।
चाडबाडका बेला यात्रुलाई आवतजावतका लागि सहज होस् भनेर सडक मर्मत गरिए पनि अहिले मात्र सडक सञ्चालनमा आएको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूले बताए।
वर्षाले अवरुद्ध ६८ किलोमिटर आठराई संक्रान्ति–म्याङलुङ सडक सञ्चालनमा आएपछि साना सवारीसमेत आवतजावत गर्नसक्ने सुनसरी यातायत संघ आठराईका प्रमुख बद्री सेढार्इंले जानकारी दिए। रासस