PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

दुईपटक अधिनायकवाद फालिसकेको कांग्रेसले वाम गठबन्धनलाई परास्त गरेरै छाड्छः प्रधानमन्त्री



नरहरि पौड्याल

दुईपटक अधिनायकवाद फालिसकेको कांग्रेसले वाम गठबन्धनलाई परास्त गरेरै छाड्छः प्रधानमन्त्री

पोखरा :  प्रधानमन्त्री शेरबहादुर देउवाले वाम एकताले नेपालको लोकतन्त्र र राष्ट्रियता कमजोर पार्ने बताएका छन्।

राप्रपाका नेता तथा पूर्व सांसद सूर्यबहादुर केसी र अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्कासहितका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउन पोखराको प्रदर्शनी केन्द्रमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले देउवाले नेपालका कम्युनिष्टहरुले साम्यवादी दर्शन अनुसार शासन सत्ता कब्जागरी अधिनायकवाद स्थापित गर्न चाहेका आरोप लगाए।

उनले उनीहरुको योजना बिफल पार्न आगामी निर्वाचनमा  कांग्रेसलाई जिताउन आग्रह गरे।

वाम ध्रविकरणबीच आगामी मंसीरमा हुन गइरहेको निर्वाचन पार्टीको प्रतिष्ठाको बिषय भएको भन्दै प्रधानमन्त्रीले नेपाली जनाताले लोकतन्त्र र प्रजातन्त्रको लडाईमा कांगे्रसलाई विजयी गराएर प्रजातान्त्रिक शासन स्थापना गराउनेमा आफु आशावादी रहेको बताए।

प्रधानमन्त्री देउवाले कांग्रेसको विगतको इतिहासको स्मरण गराउँदै २००७ सालमा राणा शासन, २०४६ सालमा पञ्चायत फालेको कांग्रेसले अहिले बनेको अधिनायकवादी कम्युनिष्टको मोर्चालाई पराजित गरी छाड्ने बताए।

 ‘दुईपटक अधिनायकवाद फालिसकेको कांग्रेसले अहिलेको वाम गठबन्धनलाई परास्त गरेरै छाड्छौं’ उनले भने। 

बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुले लोकतन्त्रको घोडा चढेर अधिनायकबाद लाद्न लागेका आरोप लगाए। 

पौडेलले आसन्न संघ र प्रदेशको निर्वाचन लोकतन्त्र जोगाउने की अधिनायकवादतर्फ फर्कने बीचको सिद्धान्तको लडाइँ भएको बताए। 

‘नेपालमा लोकतन्त्रको रक्षा गर्ने चुनौती देखिएको छ,’ उनले भने,‘लामो समयको संघर्ष र सहमतिले बनाएको संविधान उल्टाउने प्रयास भएको छ, दुई तिहाइ ल्याएर संविधान फेर्छौं भन्ने कुरा राम्रो होइन।’ 

संविधानको मौलिक विषयमा प्रश्न उठाउनु देशका लागि अप्रिय भएको भन्दै पौडेलले लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेसको विजय हुनु अपरिहार्य भएको बताए। 
महामन्त्री शशांक कोइरालाले विश्वबाट पलायन भइरहेको कम्युनिजम नेपालमा सम्भव नभएको बताए । उनले समृद्ध नेपालको निर्माण कांग्रेसले मात्र गर्न सक्ने बताउँदै कांग्रेसलाई विजयी गराउन आग्रह गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell