PahiloPost

Apr 3, 2026 | २० चैत्र २०८२

साइप्रसको आकर्षक लोकेशनमा नेपाली म्युजिक भिडियो छायांकन



पहिलोपोस्ट

साइप्रसको आकर्षक लोकेशनमा नेपाली म्युजिक भिडियो छायांकन

काठमाडौं : नेपाली फिल्महरु विदेशमा छायांकन हुने ट्रेण्ड विकसित भएझैं नेपाली आधुनिक तथा पप गीतका म्युजिक भिडियोहरु पनि विदेशका आकर्षक लोकेशनमा छायांकन हुन थालेका छन्।

यसैक्रममा युवा गायक सुभाष सुन्दासले गाएको गीत ‘उड्न देउ...’को म्युजिक भिडियो यूरोपको सुन्दर देश साइप्रसका छायांकन गरिएको छ।

साइप्रसको समुद्री किनारामा आकर्षक लोकेशनमा छायांकन गरिएको उक्त भिडियो गायन तथा कलाकारहरुको अभिनयसहित कारण पनि चर्चामा आएको छ।

सुन्दासको सोलो एल्बम उड्न देउको शीर्षक गीत उड्न देउ...को म्युजिक भिडियोमा गायक स्वंमले पनि अभिनय गरेका छन्। गीतमा गायक सुन्दासकै शब्द तथा संगीत समावेश छ।

बिरन मगरको निर्देशन तथा छायांकन रहेको उक्त भिडियोमा सुन्दाससंगै सोनिया श्रेष्ठ तथा दिनेश कार्कीले अभिनय गरेका छन्। भिडियोमा एउटा रोमाञ्चक प्रेम कथालाई चित्रण गरिएको छ। माधव बेल्बासेद्वारा सम्पादन गरिएको उक्त भिडियोका केही दृष्यमा सुनिल थापाले भिएफएक्स समेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell