PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

विवेकशील साझा पार्टीद्वारा सुर्खेतमा उम्मेदवारी घोषणा



पहिलोपोस्ट

विवेकशील साझा पार्टीद्वारा सुर्खेतमा उम्मेदवारी घोषणा

काठमाडौं :  विवेकशील साझा पार्टीले प्रदेश नम्बर ६ अन्तर्गत सुर्खेतमा उम्मेदवार छनोट गरेको छ।पार्टीले मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार छनोट गरेको हो।

विवेकशील साझा पार्टीले सुर्खेत क्षेत्र नम्बर एकमा प्रतिनिधि सभाका लागि रम्मा आचार्यलाई उम्मेदवार बनाएको छ।  त्यसैगरी प्रदेश सभाका लागि क्षेत्र नं १(क) मा दीपक रेग्मीलाई र (ख) मा लोकेन्द्र शाहीलाई उम्मेदवार बनाएको छ।

सुर्खेत क्षेत्र नम्बर दुईमा प्रतिनिधि सभाका लागि डा. गोविन्द आचार्यलाई उम्मेदवार बनाएको छ। प्रदेश सभाका लागि क्षेत्र नं २ (क)मा ओमदत्त रेग्मी र (ख)मा पदमप्रसाद खनाललाई उम्मेदवार बनाएको छ।



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell