PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

त्रिशुली दुर्घटनाः मृतकको संख्या ३१ पुग्यो, दश घण्टापछि निकालियो नदीबाट बस



पहिलोपोस्ट

त्रिशुली दुर्घटनाः मृतकको संख्या ३१ पुग्यो, दश घण्टापछि निकालियो  नदीबाट बस

काठमाडौँ :  आज बिहान धादिङमा भएको बस दुर्घटना परी मृत्यु हुनेको सङख्या ३१ पुगेको छ।

राजविराजबाट काठमाडौँ आइरहेको रात्रिबस त्रिशुली नदीमा खसेको थियो। नदीमा खसेको बसलाई क्रेनको सहायताले नदी बाहिर ल्याएर खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका धादिङका प्रमुख एसपी धुव्रराज राउतले जानकारी दिए। मृत्यु हुनेमा ११ पुरुष, ९ महिला, ६ बालक, ४ बालिका छन्।

धादिङको गजुरी गाउँपालिका ५ ओखरे खोला नजिकै ना ६ ख १४६७ नम्बरको बस त्रिशुली नदीमा खसेको हो। मृतकको सनाखत हुन सकेको छैन।

घाइतेमध्ये केहीको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने दुई जनालाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

सप्तरीबाट काठमाडौं प्रस्थान गर्दा १५ जना यात्रुको चलानी लिएको थियो। तर, बसमा कति यात्रु थिए भनेर यकिन गर्न प्रहरीले जनाएको छ। बसमा सवार घाइतेहरुको भनाइ अनुसार ५० जनाभन्दा बढी यात्रु रहेको अनुमान गरिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell