PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

बस दुर्घटनाको शोकमा आइतबार सप्तरीका सबै स्थानीय तह बन्द हुने



पहिलोपोस्ट

बस दुर्घटनाको शोकमा आइतबार सप्तरीका सबै स्थानीय तह बन्द हुने

राजविराज :  राजविराजबाट काठमाडौँ गइरहेको बस शनिबार बिहान त्रिशुली नदीमा खसेर दुर्घटनामा परी सप्तरीका धेरै जनाको मृत्यु भएपछि जिल्लाका सबै स्थानीय तहले आइतबार शोक मनाउने भएका छन्। 

सबै स्थानीय तहमा आइतबार एक दिन बिदा दिने र शोक मनाउने निर्णय भएको राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले जानकारी दिए। सप्तरी जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ वटा स्थानीय तह छन्। 

जिल्लाको सबै स्थानीय तहका प्रमुखहरुसँग शनिबार साँझ यसबारेमा छलफल भइसकेको राजविराज नगरपालिकाका प्रमुख यादवले बताए। 

यसैबीच संघीय समाजवादी फोरम नेपाल र नेकपा एमाले सप्तरीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell