
वैकल्पिक खेलाडी एन्टोनी मार्सियलले खेल सकिन ९ मिनेट अगाडी गरेको गोल मद्दतमा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा टोटनहमलाई पराजित गरेको छ।
मार्सियलको एक मात्र निर्णायक गोल मद्दतमा युनाइटेडले घरेलु मैदान टोटनहमालई १-० ले पराजित गर्दै ३ अंक जोडेको हो।
७०औँ मिनेटमा मार्कुस रासफोर्डको स्थानमा मैदान छिरेका मार्सियलले त्यसको ११ मिनेटपछि नै निर्णायक गोल गरे।
जितपछि दोस्रो स्थानको युनाइटेडले टोटनहममाथि ३ अंकको स्पष्ट अग्रता कायम गरेको छ। १० खेलबाट युनाइटेडको २३ अंक छ भने समान खेलबाट २० अंक रहेको टोटनहम तेस्रो स्थानमा छ।