
भारतमा सम्पन्न फिफा यू-१७ विश्वकप फुटबलको उपाधि इंगल्याण्डले जितेको छ। यसअघि कहिल्यै क्वाटरफाइनल भन्दा अगाडी बढ्न नसकेको इंगल्याण्डले स्पेनलाई ५-२ ले पराजित गर्दै पहिलो पटक यू-१७ मा च्याम्पियन बनेको हो।
कोलकतास्थित साल्टलेक स्टेडियममा २ गोलले पछि परेको इंगल्याण्डले शानदार पुनरागमन गर्दै ५ गोल फर्काएको हो।
जितपछि इंगल्याण्डले गत मे मा भएको युरोपियन यू-१७ को फाइनलमा स्पेनसंग बोहोरेको हारको बदला समेत लिएको छ।
यस वर्ष इंगल्याण्डको दुई वटा युवा टोली फिफा विश्वकपको उपाधि जित्न सफल भएको छ। इंगल्याण्डको यू-२० टिमले मे महिनामा दक्षिण कोरियामा यू-२० विश्वकपको उपाधि समेत जितेको थियो।
बार्सिलोनाका युवा खेलाडी सर्जियो गोमेजले १०औँ र ३१औँ मिनेटमा गोल गर्दै स्पेनलाई शुरुमै अग्रता दिलाएका थिए। रियाटले गोल गर्दै खेल २-२ को बराबरी गरे। त्युपछि म्यानचेष्टर सिटीका फिलफोडेनले ६९औँ र ८८औँ मिनेटमा गोल गरे। अर्को गोल ८४औँ मिनेटमा मार्क गुहेहीले गरे।
प्रतियोगिताभर सर्वाधिक ८ गोल गरेका इंगल्याण्डका ब्रेस्टर सर्वाधिक गोलकर्ता घोषित हुँदै गोल्डेन बुटको अवार्ड जिते। उनले क्वाटरफाइनलमा अमेरिका र समिफाइनलमा ब्राजिल विरुद्ध ह्याट्रिक गरेका थिए।
यसैगरी मालीलाई २-० ले हराउदै ब्राजिल तेस्रो भएको छ।