PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

धादिङ बस दुर्घटनाः छानबिन गर्न सरकारले बनायो समिति



पहिलोपोस्ट

धादिङ बस दुर्घटनाः छानबिन गर्न सरकारले बनायो समिति

काठमाडौँ: सरकारले धादिङमा भएको बस दुर्घटना छानबिनका लागि गृह मन्त्रालयका सहसचिव मानबहादुर विकको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीका अनुसार छानबिन समितिमा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक र सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक सम्मिलित छन्।

मन्त्रालयले दुःखद् घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। यात्रा गर्दा यात्रु वर्ग र सम्बद्ध सबै निकायले आ–आफ्नोतर्फबाट सावधानी अपनाउन र ट्राफिक व्यवस्थापनमा उचित ध्यान दिनसमेत मन्त्रालयले आग्रह गरेको छ।

राजविराजबाट काठमाडौँ आउँदै गरेको ना६ख १४६७ नंको यात्रुवाहक बस शनिबार बिहान ५ बजेर ५५ मिनेटमा गजुरी गाउँपालिका–५ पोखरे खोलास्थित बांगेमोडमा अनियन्त्रित भई राजमार्गबाट करिब ३५ मिटर तल त्रिशूली नदीमा खसेको थियो।

गृह मन्त्रालयले ३१ जनाको घटानस्थलमै मृत्यु भएको र १६ जना घाइते भएको जानकारी दिएको छ।

गम्भीर घाइतेमध्ये दुई जनालाई ट्रमा सेन्टर काठमाडौँमा र अन्य घाइतेलाई गजुरीस्थित अस्पतालमा उपचारका लागि पठाइएको छ। खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन र घाइतेको उचित उपचारको प्रबन्ध गर्ने व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ। रासस  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell