PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

ला लिगा : बार्सिलोनाको जितमा मेसी र पाउलिन्होको गोल, रियलमाथि ८ अंकको अग्रता



पहिलोपोस्ट

ला लिगा : बार्सिलोनाको जितमा मेसी र पाउलिन्होको गोल, रियलमाथि ८ अंकको अग्रता

लिग लिडर बार्सिलोनाले स्पानिस ला लिगामा अपराजित यात्रालाई कायमै राखेको छ। लिग अन्तर्गत गएराती भएको खेलमा बार्सिलरोनाले एथ्लेटिक विल्वाओलाई उसैको मैदानमा २-० ले हरायो।

बार्साको जितमा लियोमल मेसीले ३६औँ तथा पाउलिन्होले इन्जुरी टाइममा गोल गरे।

यस सिजन १० खेलसम्म अपराजित रहको बार्सिलोनको यो नवौ जित हो। जितपछि १० खेलबाट २८ अंकका साथ बार्सिलोना शीर्ष स्थानमा आसिन छ। बार्सिलोनाले चिरपिरिचित प्रतिद्वन्दी रियल मड्रिडमाथि ८ अंकको अग्रता कायम गरको छ। रियलले एक खेल कम खेलेको छ।

यता अलाभेजलाई २-१ ले हराउँदै भ्यालेन्सियाले पनि यस सिजन उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएकों छ। १० खेलबाट २४ अंकका साथ भ्यालेन्सिया दोस्रो स्थानमा छ। भ्यालेन्सियाको जितमा सिमोन जाजा र रोड्रिगोले गोल गरे।

अन्य खेलमा सेभियाले लेगानेसलाई २-१ ले पराजित गर्दा एथ्लेटिको मड्रिड भियारियलल १-१ को बराबरी खेल्दै क बाँडे। १० खेलबाट २० अंक जोडेको एथ्लेटिको गोलअन्तरमा रियललाई पछि पार्दै तेस्रो स्थानमा छ। समान खेलबाट १९ अंक रहेको सेभिया पाँचौ स्थानमा उक्लेको छ भने १७ अंक जोडेको भियारियल छैटौँ स्थानमा छ।

रियलले आज गिरोनासँग खेल्दैछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell