
इटालियन सिरी एमा अर्जेन्टाइन खेलाडी गोन्जालो हिग्वेनले एक सयौँ गोल पूरा गर्दा युभेन्ट्सले एसी मिलानलाई २-० ले पराजित गरेको छ। युभेन्टको जतमा दुवै गोल हग्वेनले गरे।
जितपछि युभेन्ट्स अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ। मिलानलाई उसैको मैदानमा पराजित गर्न हिग्वेनले २३औँ र ६३औँ मिनेटमा गोल गरे। दुई गोलपछि हिग्वेनले नेपोली र युभेन्ट्सका लागि कूल १०१ गोल गरेका छन्। हिग्वेन सन् २०१३ मा रियल मड्रिडबाट नेपोली पुगेका थिए।
११ खेलबाट २८ अंङ्क जोडेको युभेन्ट्स गोलअन्तरमा नेपोलीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको हो। नेपोलीले एक खेल कम खलेको छ। नेपोलीले आज ससुलोसँग खेल्दैछ।
यता स्टेफेन अल सारावेको एक मात्र निर्णायक गोल मद्तमा रोमाले बोलोगनालाई १-० ले पराजित गरेको छ। जितपछि ११ खेलबाट २४ अंक रहेको रोमा पाँचौ स्थानमा छ।