
काठमाडौँः पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रदेश ४ चर्चामा छ। प्रदेश ४ का ११ मध्ये ६ जिल्लामा पहिलो चरणमा निर्वाचन हुँदैछ। निर्वाचन हुने जिल्लामा गोरखा पनि सामेल छ। गोरखा २ मा पूर्व प्रधानमन्त्री डा. बावुराम भट्टराई र माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका नारायणकाजी श्रेष्ठ चुनाव लड्दैछन्। दुई हाइप्रोफाइलको चुनावी भिडन्तले माहोल तरंगित छ।
दुई पटक गोरखाबाट निर्वाचित भट्टराई योपटक पनि आफ्नै क्षेत्रबाट प्रतिस्पर्धामा छन्। वाम गठबन्धनबाट अन्तिम समयमा टिकट विवादका कारण कांग्रेससँग सहकार्यमा पुगेका भट्टराईसँग वाम गठबन्धनका श्रेष्ठ प्रतिस्पर्धामा छन्। दुई हेभिवेट’को चुनावी दौडले प्रदेश ४ का अन्य क्षेत्रको परिचर्चालाई ओझेलमा पारेको छ।
६ जिल्ला कहाँ को बलियो?
पहिलो चरणमा निर्वाचन हुने ६ जिल्ला हुन् लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ र गोरखा। ६ मध्ये गोरखा र बागलुङबाहेक अन्य जिल्लामा प्रतिनिधिसभामा एक/एक निर्वाचन क्षेत्र छन्। गोरखा र बागलुङमा दुई क्षेत्र छन्।
स्थानीय तहमा प्रमुख राजनीतिक दलहरुले प्राप्त गरेको मतपरिणाम र संविधानसभा सदस्य निर्वाचन २०७० को नतिजा अनुसार वाम र लोकतान्त्रिक गठबन्धनबीच तीव्र प्रतिस्पर्धा छ। स्थानीय तहको नतिजा र संविधानसभा सदस्य निर्वाचन २०७० को नतिजा यस्तो छ ।
लमजुङ
स्थानीय तहको वडागत मत
कांग्रेस ३० हजार ४३७
एमाले २४ हजार ७०६
माओवादी ९ हजार ९२७
राप्रपा ४९०
स्वतन्त्र दुई हजार ७८७
२०७० को संविधानसभा सदस्य निर्वाचनमा दुई निर्वाचन क्षेत्रमा कांग्रेस एमाले एक–एक क्षेत्रमा विजयी भएका थिए। तीन हजार सात सय मतले लमजुङमा वाम गठबन्धन अघि छ। पूर्वमन्त्री देव गुरुङ र निवर्तमान सांसद् तथा राज्य व्यवस्था समिति सभापति दिलबहादुर घर्ती प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्दैछन्। यसअघि संविधानसभा सदस्य निर्वाचनमा पराजित पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्रीको दाबीसहित प्रदेशसभामा प्रतिस्पर्धा गर्दैछन्।
मनाङ
स्थानीय तहको वडागत मत
कांग्रेस एक हजार २१८
एमाले एक हजार ३३९
राप्रपा ६२७
संविधानसभा सदस्य निर्वाचनमा मनाङमा कांग्रेस विजयी भएको थियो।
मुस्ताङ
स्थानीय तहको वडागत मत
कांग्रेस दुई हजार ६०५
एमाले एक हजार ७६१
माओवादी २६२
स्वतन्त्र एक हजार ४८६
संविधानसभा सदस्य निर्वाचनमा मुस्ताङमा कांग्रेसमा रोमी गौचन थकाली स्वतन्त्र उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई २२ मतले पछि पार्दै विजयी भएका थिए। लोकतान्त्रिक गठबन्धन ५६२ मतले अघि रहेको मनाङमा स्वतन्त्रको मत निर्णयक हुन सक्छ।
म्याग्दी
स्थानीय तहको वडागत मत
कांग्रेस १६ हजार १३९
एमाले २० हजार २५२
माओवादी ६ हजार ७४
संविधानसभा सदस्यमा म्याग्दीमा एमाले विजयी भएको थियो। स्थानीय तहको मतपरिणाम अनुसार पनि वाम गठबन्धन दश हजार मतले अघि छ।
गोरखा
गोरखामा संविधानसभा सदस्य निर्वाचनमा तीन क्षेत्र थिए। तीनवटै क्षेत्रमा माओवादीले फराकिलो जित हासिल गरेको थियो। अहिले प्रतिनिधिसभामा दुई क्षेत्र छन्।
गोरखा १
स्थानीय तहको वडागत मत
कांग्रेस २१ हजार ३७०
एमाले १० हजार ३०५
माओवादी १६ हजार ६३३
नयाँ शक्ति ६ हजार ७१९
राप्रपा ५९४
गोरखा १ मा वाम गठबन्धनका हरिराज अधिकारी र लोकतान्त्रिकका तर्फबाट चिनकाजी श्रेष्ठ चुनावी मैदानमा छन्। लोकतान्त्रिक गठबन्धनका पक्षमा २८ हजार ६८३ मत छ। वाम गठबन्धनको पक्षमा २६ हजार ९३८ मत छ। यहाँको चुनावी प्रतिस्पर्धालाई रोचक मानिएको छ। एक हजार सातसय मतले लोकतान्त्रिक गठबन्धन गोरखा १ मा अघि छ।
गोरखा २
स्थानीय तहको वडागत मत
कांग्रेस १७ हजार ७०
एमाले सात हजार २०८
माओवादी १७ हजार ८९४
नयाँ शक्ति सात हजार ८७१
गोरखा २ को चुनावी मैदानमा लोकतान्त्रिक गठबन्धनका तर्फबाट पूर्व प्रधानमन्त्री डा. बावुराम भट्टराई र वाम गठबन्धनका नारायणकाजी श्रेष्ठ प्रतिस्पर्धामा छन्। १६१ मतले वाम गठबन्धन अघि छ। भट्टराई यसअघि निर्वाचित क्षेत्र गोरखा २ को चुनावी प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ।
बागलुङ
संविधानसभा सदस्य निर्वाचनमा तीनवटै निर्वाचन क्षेत्रमा कांग्रेस विजयी भएको थियो। स्थानीय तहको मतपरिणाम अनुसार बागलुङ १ मा पाँच हजारभन्दा बढी मतले वाम गठबन्धन अघि छ।
बागलुङ १
स्थानीय तहको वडागत मत
कांग्रेस २२ हजार ८३९
एमाले १९ हजार ५७
माओवादी एक हजार १७
राजमो आठ हजार २८४
बागलुङ २
स्थानीय तहको वडागत मत
कांग्रेस १६ हजार ८८
एमाले पाँच हजार ५२३
माओवादी ९ हजार ४१७
राजमो ६ हजार ५६२
बागलुङ २ मा पनि वाम गठबन्धन पाँच हजारभन्दा बढी मतले नै अघि छ।