PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

मोदीले भने–दलहरुभित्र प्रजातान्त्रिक अभ्यासको बहस चलाउनुपर्छ 



पहिलोपोस्ट

मोदीले भने–दलहरुभित्र प्रजातान्त्रिक अभ्यासको बहस चलाउनुपर्छ 
फोटो श्रोतः ndtv.com

नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको समुन्नत भविष्यका लागि राजनीतिक दलभित्रको प्रजातान्त्रिक अभ्यासलार्ई वहसमा लानुपर्ने बताएका छन्।

भारतीय जनता पार्टीको केन्द्रीय कार्यालयमा दिपावलीको अवसरमा आयोजित कार्यक्रममा पत्रकारहरुसँगको भेटमा प्रधानमन्त्री मोदीले दलहरूभित्र आजभोलि बजेटको धेरै बहस हुने गरेको तर जीवनका मुल्य मान्यता, विचार, आन्तरिक प्रजातान्त्रले कसरी नयाँ पिँडीलाई सुन्दर मौका प्रदान गर्छ भन्ने विषयमा छलफल नहुने बताए। 

राज्य अहिले प्रजातन्त्रको पार्टीभित्रको अभ्यासका विषयमा खासै ध्यान नदिएको बताउँदै सञ्चारमाध्यमले यसमा दलहरूको ध्यान केन्द्रीत गराउँनु पर्नेमा जोड दिए। 

उनले भने,‘कुनै पनि दलका लागि प्रजातान्त्रिक मूल्यमान्यता प्रमुख हुन्छन् वा हुँदैनन्। यसलाई वृहद् बहस गर्नुपर्दछ। म यो विश्वास गर्छु कि राजनीतिक दलमा वास्तविक प्रजातन्त्रको महत्व देश तथा प्रजातन्त्रकै भविष्यका लागि अतिआवश्यक छ।’

दलको नाम उल्लेख नगरी मोदीले भारतीय कांग्रेसको अध्यक्षमा सोनिया गान्धीको ठाउँमा उपाध्यक्ष राहुल गान्धीलाई लैजान लागेकोप्रति इङ्गित गर्दै प्रजातन्त्रको अभ्यास दलहरूले गर्नुपर्ने प्रतिक्रिया दिए।

आफ्नो दलले नयाँ वर्षसँगै धेरै सकारात्मक गतिविधिलाई अघि बढाउँदै जाने पनि प्रधानमन्त्री मोदीले प्रतिबद्धता व्यक्ति गरे। रासस/पीटीआई

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell