PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

यमनमा मानवीय अवस्था विकराल, राजनीतिक प्रक्रियामार्फत अन्त्य गर्न राष्ट्रसंघको आग्रह



पहिलोपोस्ट

यमनमा मानवीय अवस्था विकराल, राजनीतिक प्रक्रियामार्फत अन्त्य गर्न राष्ट्रसंघको आग्रह
फोटो श्रोतः dailytimes.com

साना : संयुक्त राष्ट्रसंघ मानवीय सहायता प्रमुखले यमनमा द्वन्द्वका कारण मानवीय सङ्कट भयावह बनेको बताएका छन्। 

आफ्नो पाँच दिने भ्रमणपछि राष्ट्रसंघ मानवीय सहायता प्रमुख मार्क लोककले यमनमा जतिसक्दो छिट्टै राजनीतिक प्रक्रियामार्फत द्वन्द्वको अन्त्य गर्नुपर्ने बताएका हुन्। 

लोककले भने,‘म यमनमा रहँदा यहाँको विग्रँदो हैजाको माहामारी लगायतका मानवीय सङ्कटलाई नजिकबाट बुझ्नसके जस्तो लागेको छ ।’ यमनको जस्तो हैजाको माहामारी विश्वले कहिल्यै पनि देखेको वा भोगेको नभएको उनको भनाइ थियो। 

यमनको द्वन्द्व समाधानका लागि सम्बन्धित सवै पक्षसँग आग्रह गर्दै लोककले भने,‘कैँदीबन्दी हुन् वा सञ्चारकर्मी सबैको यथासम्भव कानुनी मर्यादा अनुसार सम्मान गर्दै अन्तर्राष्ट्रिय मानवीय सहायता कानुनको प्रत्याभूत गर्न र मानव अधिकारको सम्मान गर्न आआफ्नो ठाउँबाट पहल जरुरी छ।’ रासस/एएफ्पी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell