PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

प्रचण्डले भने -'आफ्नै कदमले बाबुराम संकटमा'



पहिलोपोस्ट

प्रचण्डले भने -'आफ्नै कदमले बाबुराम संकटमा'

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको विकास र समृद्धिका लागि माओवादी केन्द्र र वाम गठबन्धनको विकल्प नभएको बताएका छन्। 

नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद् सदस्य तथा गोरखाका समाजसेवी वासु पोखरेललगायत एक दर्जन नेता तथा कार्यकर्तालाई आज आयोजित पार्टी प्रवेश कार्यक्रममा स्वागत गर्दै अध्यक्ष प्रचण्डले गोरखा जिल्ला वामपन्थी शक्तिको आधार क्षेत्र रहेको बताए। 

उनले माओवादी जनयुद्धको केन्द्रका रूपमा रहेको गोरखा जिल्लालाई आर्थिक, सामाजिक रूपमा विकासको उच्च शिखरमा पुर्याउने योजना आफूहरूसँग मात्रै रहेको दाबी गरे। 

अध्यक्ष प्रचण्डले डा बाबुराम भट्टराईका पछिल्ला कदमले स्वयं भट्टराई र नयाँ शक्तिलाई संकटमा पारिरहेको बताए। गोरखा जिल्लाका नयाँ शक्तिका नेता पोखरेल सो पार्टीको केन्द्रीय परिषद् सदस्य तथा काठमाडौं क्षेत्र नं. ५ का प्रतिनिधि सभाका उम्मेदवारसमेत हुन्। 

‘सानो समूहबाट मुलुकको समृद्धि र राजनीतिक भविष्य सम्भव छैन,’ माओवादी प्रवेश गर्दै नेता पोख्रेलले भने,‘म विगतमा माओवादी केन्द्रमा नै सक्रिय थिएँ, बीचमा बाबुराम भट्टराईले केही गर्नुहुन्छ कि भन्ने ठानेर नयाँ शक्तिमा लागें। तर, नयाँ शक्ति आफ्नै अस्तित्वको संकटमा छ।’रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell