PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अमेरिकी पूर्वराष्ट्रपति केनेडीको हत्यामा प्रयोग भएको थिएन हतियार



पहिलोपोस्ट

अमेरिकी पूर्वराष्ट्रपति केनेडीको हत्यामा प्रयोग भएको थिएन हतियार

वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्टपति जोन एफ केनेडीको हत्यमा रहेको २८ सय गोप्य फाइललार्इ सार्वजनिक गर्न आदेश दिएका छन्।

गोप्य रहेका फाइलले केनेडीको हत्याको रहस्या खुल्ने राष्ट्रपति ट्रम्पले विश्वास गरेका छन्। केनेडी हत्याको खास रहस्या क्युवाका क्रान्तिकारी नेता तथा पूर्वराष्ट्रपति फिदेल क्यास्ट्रोको हत्यामा अमेरिकाले गरेको षड्यान्त्र अनुमान गरिएको छ।


कति थियो क्यास्ट्रोको शिरको मूल्य?

केही वर्ष पहिले क्यूबाली सरकारले अमेरिकाले नै क्यूबाको नेता फिदेल क्यास्ट्रोको हत्याको षड्यान्त्र रचेको आरोप लगाएको छ।

जसरी अमेरिकी राष्ट्रपति केनेडीको हत्याको आरोप क्यास्ट्रो रहेको भनार्इ छ। त्यसरी नै क्यास्ट्रोको हत्या पनि वाशिङ्टन रहेको आरोप छ।

वस्टन कलेजका इतिहास प्रेफेसर पैट्रिक मैनी भन्छन् 'क्यास्ट्रोको हत्यामा सीआइएको कोशिससँगै केनेडिको हत्यामा कुनै न कुनै सम्बन्ध रहेको छ।' उनी भन्छन् 'सायद ली हार्वी ओसवाल्ड सीआइएका बारेमा जानकारी थिए त्यसैले केनेडीको हत्यामा प्रेरित भए।'

यसैगरी एक दस्तावेजमा क्यूबाका नेता फिदेल क्यास्ट्रोको हत्याका प्रमाण फेला पारिएको थियो।

फिदेल क्यास्ट्रोको हत्याका लागि एक लाख अमेरिकी डलर मूल्या तोकिएको थियो। उनका भाइ राउल क्यास्ट्रोको हत्याका लागि बीस हजार र चे ग्वेराको हत्याका लागि पनि बीस हजार डलर मूल्य तोकिएको थियो।


केनेडीको हत्याको कारण

अमेरिकी पूर्वराष्ट्रपति जोन एफ केनेडीको हत्याका बारेमा अनेक धारण सार्वजनिक भएको छ। 

यसै विषयमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा कार्यकारी विभाग प्रमुखलार्इ फाइल सार्वजनिक गर्न लगाएका छन्। जसमा पचास लाख पेज रहेको छ।

ट्रम्पले भनेका छन् 'यस महत्वपूर्ण घटनाको बारेमा जनताले सबै जानकारी पाउँनु पर्छ।'


के थियो हत्याको मामला?

जोन एफ केनेडीको हत्या २२ नोवेम्बर १९६३ मा भएको थियो। त्यसबेला केनेडी एक कारमा डलास राज्यमा जाँदै थिए। यात्रामा उनी टेक्सासको गवर्नर जान खानोली केनेडीसँग बसेका थिए। यात्रामा पुलिसका अफिसर जेडी टिपिट पनि रहेका थिए।

हत्याको घटना भएपछि ली हार्वी ओसवाल्ड हत्यामा संलग्न भएको आरोपमा पक्राउ परे। तर, ओसवाल्डले यसमा आफू निर्दोष भएको बताए।


वारेन कमिशनको  रिर्पोट

१९६४ मा प्रकाशित वारेन कमिशनको पत्रिकाको रिर्पोटअनुसार ली हार्वी ओसवाल्डले टेक्सास स्कुल बुक डिपाजिड्री बिल्डिङमा गोली चलाएका थिए।

कमिशनमा भनेको छ घटनाको कुनै प्रमाण छैन। ओसवाल्ड घरेलु वा विदेशी आतङकारी के सँग आबद्ध थिए।


को थिए ली हार्वी ओसवाल्ड?

ली हार्वी ओसवाल्ड एक पूर्वसैनिक तथा स्वघोषित मार्क्सवादी थिए। उनी सन् १९५९ मा सोभियत संघको यात्रामा गएका थिए। पछि सन् १९६२ देखि उनी त्यही नै बसे।

त्यहाँ उनी एक रेडियो तथा टिभीमा काम गर्थे। उनी श्रीमतीसँगै बस्दै आएका थिए।

वारेन कमिशन पत्रिकाको रिर्पोटमा भनिएको छ। केनेडी हत्याको दुर्इ दिनअगाडि ओसवाल्ड क्यूबा वा  रुसको दुतावासमा गएका थिए।

पूर्वराष्ट्रपति केनेडीको हत्या बारेमा केही जनताले दोस्रो शुटर टाढा नै रहेका बताए। केही भने शुटर केनेडीकै पछि रहेको बताउँदै आएका छन्।

ओसवाल्डको बारेमा टेस्ट गर्दा नौलो कुरा पत्ता लागेको छ। यस हत्यामा बन्दुक चलेको थिएन। अहिले ओसवाल्डको यस टेस्टको रिर्पोटमा सवाल उठ्दै आएको छ। बिबिसी हिन्दी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell