PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

चितवनमा बस र टिप्पर ठोक्किंदा २६ जना घाइते, सातको अवस्था गम्भीर



पहिलोपोस्ट

चितवनमा बस र टिप्पर ठोक्किंदा २६ जना घाइते, सातको अवस्था गम्भीर

चितवन :  बस र टिप्पर ठोक्किंदा चितवनमा २६ जना घाइते भएका छन्। नारायणगढबाट गोरखा गइरहेको ना ५ ख ८६९४ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको बा ३ ख ९०१२ नम्बरको टिप्पर भरतपुर महानगरपालिका–१ रामनगर जंगलमा ठोक्किएका थिए। 

घाइतेहरुको चितवन मेडिकल कलेज, भरतपुर अस्पताल र कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ। घाइतेमा बसका चालक र यात्रु छन्। टिप्पर चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell