PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

उच्चस्तरीय छानबिन टोलीले सुरु गर्‍यो बिर्तामोड घटनाको अनुसन्धान, सात दिनभित्र प्रतिवेदन बुझाउने



पहिलोपोस्ट

उच्चस्तरीय छानबिन टोलीले सुरु गर्‍यो बिर्तामोड घटनाको अनुसन्धान, सात दिनभित्र प्रतिवेदन बुझाउने

 झापा :  झापा अर्जुनधारा– ११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणबारे गृह मन्त्रालयको उच्चस्तरीय छानबिन टोलीले अनुसन्धान सुरु गरेको छ। 

सहसचिव वीरेन्द्रकुमार यादव संयोजकत्वको चार सदस्यीय छानबिन समितिले आजदेखि अनसुन्धान सुरु गरेको हो। जिल्ला प्रशासन कार्यालयमा बिहान आयोजित सुरक्षा समितिको बैठकमा बालक मृत्यु प्रकरण र बिर्तामोड घटनाका बारेमा बुझेको र आजैदेखि अनुसन्धान सुरु गरिसकेको झापाका प्रहरी उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिए।

समितिमा नेपाल प्रहरीका रमेशकुमार भट्टराई, सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक चिरञ्जीवी अधिकारी र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हरिहर पौडेल छन्।

समितिले बिर्तामोड घटनाका बारेमा अनुसन्धान गरी सात दिनभित्र रायसुझावसहितको प्रतिवेदन मन्त्रालयमा बुझाउने बताइएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell