PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

ट्राफिकको आँखा छलेर झुक्याउने बानी त छैन? होसियार 'मोबाइल क्यामरा भ्यान'ले देख्न सक्छ



पहिलोपोस्ट

ट्राफिकको आँखा छलेर झुक्याउने बानी त छैन? होसियार 'मोबाइल क्यामरा भ्यान'ले देख्न सक्छ
प्रतीकात्मक फोटो

काठमाडौं :  ट्राफिक प्रहरीको आँखा छल्दै तपाईँ ट्राफिक नियम मिच्नु हुन्छ? यस्तो गर्नुहुन्छ भने होसियार ! बानी सुधार्नु भएन भने ट्राफिक प्रहरीको कारबाहीमा पर्ने खतरा निश्चित छ। किनकि हालै ट्राफिक प्रहरीले आँखाले नदेख्ने ठाउँसम्म पुग्ने गरी प्रविधियुक्त सीसी क्यामरा जडित भ्यान प्रयोगमा ल्याएको छ।

केही समयदेखि राजधानीका विभिन्न स्थानमा भ्यान परिचालन गरिसकेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी उमेश रंजितकारले जानकारी दिए।

भ्यानको टपमा दुईवटा सीसी क्यामरा फरक दिशामा फर्काएर जडान गरिएको छ। दुई वटा क्यामराले चारैतर्फको दृष्य कैद गर्छ। हाइ रेजुलेसनको क्यामरा भएकाले यसले सिधा बाटोमा दुई किलोमिटरसम्मको सवारी नम्बर कैद गर्नसक्ने एसपी रंजितकारले बताए।

यसरी कैद भएको दृष्य हेर्ने भ्यान भित्र प्रहरी खटिएका हुन्छन्। भ्यानभित्र नै एउटा सानो कार्यालय तयार हुन्छ। भ्यानमा छ जना प्रहरी बस्न मिल्छ। ‘भित्र नै मापसे चेकिङ सामग्री, प्रिन्टर, र्यारडर गर्नलगायत उपकरण राखिएको छ तत्काल केही भए सबै काम भ्यानबाट नै हुन्छ,’ एसपी रंजितकारले भने।

क्यामराले भीड र धेरै परको दृष्य कैद गर्छ। यसरी ट्राफिक प्रहरी नदेखि नियम मिच्ने चालकको दृष्य भएमा तत्काल भ्यान भित्रका प्ररहीले नजिकैको ट्राफिक वा भ्यानमा गएर चालकलाई कारबाही गर्ने एसपी रंजितकारले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell