
काठमाडौं : कीर्गिस्तानमा हुने एएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायर खेल्ने नेपाली यू-१९ राष्ट्रिय फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले बिदाई गरेको छ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ लागतयले यू-१९ टोलीलाई बिदाइ गरेका हुन्।
गत महिना भुटानमा साफ यू-१८ च्याम्पियनसिपको उपाधि जितेको खेलाडी बाहुल्य रहेको नेपाली टिमलाई अर्पण थापाले कप्तानी गर्नेछन्।
कीर्गिस्तानमा यही मंगलबारबाट हुने क्वालिफायरमा नेपाल, आयोजक कीर्गिस्तान, युएई, बहराइन र ओमान छन्।
नेपालले पहिलो खेलमा मंगलबारै आयोजक कीर्गिस्तानसँग खेल्नेछ।
२३ सदस्यीय नेपाली टोली
अर्पण कार्की (कप्तान), प्रेजन तामाङ (उपकप्तान), अभिषेक बराल, सोजित गुरुङ, विश्वास उदास, असिम भुसाल, विकास खवास, राजन गुरुङ, सुमन अर्याल, निराजन महर्जन, रोमन लिम्बु, अशोक थापा, दिनेश हेन्जन, अभिषेक रिजाल, अनिल महर्जन, सेसहाङ आङदम्बे, आकाश श्रेष्ठ, अरिक विष्ट, रेजिन सुब्बा, धिरज श्रेष्ठ, सुरज ठकुरी, राजेश परियार, मनिस थापा
म्यानेजर : गणेश बहादुर चन्द
मुख्य प्रशिक्षक : छिरिङ लोप्साङ
प्रशिक्षक : पुस्कर शाही
गोलकिपर प्रशिक्षक : मृगेन्द्र मिश्र