PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

दाइजो प्रथामाथि बन्यो फिल्म 'भोर'



पहिलोपोस्ट

दाइजो प्रथामाथि बन्यो फिल्म 'भोर'

काठमाडौं: नेपालको तरार्इ समाजमा व्याप्त दाइजो प्रथामा आधारित फिल्म 'भोर' बन्ने भएको छ। व्यापारिक तथा समीक्षामा सफल फिल्म 'झोला' निर्माण युनिटले फिल्म बनाउँन लागेको हो।

यादवकुमार भट्टराईको निर्देशनमा 'भोर' छायाँकन भएको छ। मध्यपूर्वी जनकपुरमा छठको अवसर पारी पत्रकार सम्मेलनमा निर्माण टिमले फिल्मको छायांकन सकिएको जानकारी दिए। फिल्मको सम्पुर्ण छायांकन जनकपुरमा भएको हो। निर्देशक भट्टराईले भने,'मैथिली भाषीहरुको बाहुल्य भएको ठाउँमा उनीहरुकै समाजको समस्यालाई चित्रित गर्ने कोसिस गरेका छौँ।'

मधेशमा जरो गाडेर बसेको दाइजो प्रथाको विषयलाई फिल्ममा समेटेको निर्देशकले जानकारी दिए। फिल्ममा अधिकांश मैथिली भाषी कलाकारहरुको अभिनय रहेको समेत बताए। फिल्ममा मूख्य पात्र मिथिलाञ्चलका प्रसिद्ध कलाकार राम नारायण ठाकुर रहँदा उनीसँगै मदन ठाकुर, परमेश झा, बिएन पटेल, राजेश सक्सेना, डली सरकार, अनितारानी मण्डल, संगिता देव, सारथी लामा, रितेश पाटली, सुरेन्द्र राय, धीरज ठाकुर लगायतका कलाकारहरुले अभिनय गरेका छन्।

कृष्ण धारावासीको कथामा बन्दै गरेको फिल्मलाई देवेन्द्र प्रसाद सुवेदी, राज तिमिल्सिना र रामगोपाल थापाले निर्माण गर्न लागेका हुन्। फिल्मलाई दीपक बज्राचार्यले खिचेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell