
मोगादिसु : सोमालियाको राजधानी मोगादिसुका दुई वटा होटलअगाडि भएका बम हमलामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
अतिवादी आतङ्कारी समूह अल शाबाबले घटना आफूहरुले गराएको भन्दै जिम्मेवारी लिएको छ। उनीहरुले आफ्ना लडाकूहरु होटलभित्रै रहेको दावी पनि गरेका छन्।
मोगादिसुको अतिव्यस्त सहरमा ट्रक बम विष्फोटनबाट ३ सय ५० जनाभन्दा बढीको मृत्यु भएको दुई हप्तापछि अर्को घटना भएको हो। रासस/सिन्ह्वा