PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

मोगादिसुको होटलमा भएको आक्रमणमा २५ जनाको मृत्यु, ३० घाइते



पहिलोपोस्ट

मोगादिसुको होटलमा भएको आक्रमणमा २५ जनाको मृत्यु, ३० घाइते
फोटो श्रोत : theguardian.com

मोगादिसु :  सोमालियाको राजधानी मोगादिसुका दुई वटा होटलअगाडि भएका बम हमलामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। 

अतिवादी आतङ्कारी समूह अल शाबाबले घटना आफूहरुले गराएको भन्दै जिम्मेवारी लिएको छ। उनीहरुले आफ्ना लडाकूहरु होटलभित्रै रहेको दावी पनि गरेका छन्। 

मोगादिसुको अतिव्यस्त सहरमा ट्रक बम विष्फोटनबाट ३ सय ५० जनाभन्दा बढीको मृत्यु भएको दुई हप्तापछि अर्को घटना भएको हो। रासस/सिन्ह्वा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell