PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

तालिवान लडाकूको आक्रमणमा अफगानिस्तानमा १३ प्रहरीको मृत्यु, एक बेपत्ता



पहिलोपोस्ट

तालिवान लडाकूको आक्रमणमा अफगानिस्तानमा १३ प्रहरीको मृत्यु, एक बेपत्ता

अफगानिस्तान : अफगानिस्तानमा तालिवान लडाकूको आक्रमणमा परी कम्तीमा १३ जना प्रहरी अधिकारी मारिएका छन्। 

सुरक्षा चेकपोष्टमा आइतबार एकपछि अर्को गरी भएको लडाकूहरुको आक्रमण एक प्रहरी हराइरहेका अफगानी सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। 

जिल्ला प्रमुख हायातुल्लाह अमिरीले भने,‘१३ जनाभन्दा बढी सुरक्षाकर्मी तालिवान लडाकूहरको आक्रमणमा परी मारिएका छन्, लडाकूहरुले आइतबार बिहानै कुन्दुज प्रान्तको खानबाड जिल्लामा रहेको सुरक्षा चेकपोष्टमा आक्रमण गरेका थिए।’ रासस/सिन्हवा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell