
काठमाडौं : विवेकशील साझा पार्टीले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि बझाङ र बैतडीमा उम्मेदवारी घोषणा गरेको छ।
पार्टीले बझाङबाट प्रतिनिधि सभाका लागि मिनबहादुर सिंहलाई उम्मेदवार बनाएको छ। त्यस्तै, प्रदेश सभाका लागि बझाङ क्षेत्र नं १(क)बाट मोहबहादुर सिंह र (ख)बाट रविन्द्रबहादुर बमलाई उम्मेदवार बनाएको छ।
बैतडीबाट प्रतिनिधि सभाका लागि नारायण अवस्थीलाई उम्मेदवार बनाएको पार्टीले जनाएको छ।