काठमाडौं : फिल्म 'होलिडे'को यूरोपका विभिन्न मुलुकमा छायांकन भएको छ। बसन्त निरौला निर्देशित फिल्मको छायांकन सकिएको बारे जानकारी दिइएको हो।
फ्रान्स, बेल्जियम, लग्जम्बर्ग लगायतका ठाउँहरुमा फिल्म छायांकन गरेर युनिट नेपाल फर्किएको छ। यूरोपमा छायांकनको व्यबस्थापन श्याम श्रेष्ठले गरेका थिए।
कमेडी ड्रामा जनराको फिल्म 'होलिडे'मा गौरव पहारी, पवित्रा आचार्य, बुद्धि तामाङ, श्याम श्रेष्ठ, बेनि ढुंगाना लगायतका कलाकारको अभिनय रहेको छ। बि.एन. फिल्मसको ब्यानरमा बनेको यो फिल्मका लागि निर्माताहरु मन्दिरा श्रेष्ठ, तेजेन्द्र कँडेल, र हरि कार्की हुन् भने दिनेश कालिराज कार्यकारी निर्माता हुन्। अभिमन्यू निरबीको कथामा बनेको फिल्ममा युवराज चौलागाईं र अमीत श्रेष्ठको संगीत रहेको छ।