PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

क्याटलोनियाद्वारा स्पेनको केन्द्रीय सरकारको नियन्त्रण अस्वीकार



पहिलोपोस्ट

क्याटलोनियाद्वारा स्पेनको केन्द्रीय सरकारको नियन्त्रण अस्वीकार
फोटो श्रोतः .thelocal.es

बार्सिलोना :  केन्द्रीय सरकारद्वारा हटाएको भनिएका क्याटलोनियाका क्षेत्रीय नेता चाल्र्स पुज्डमोनको पद कायमै रहेको त्यहाँका उप–नेताले बताएका छन्। 

उपनेता अरिअल जङ्करले ‘उहाँ कायमै हुनुहुन्छ र कायमै भइरहनुहुने छ,’ भन्दै जिम्मेवारीबाट हटाएको निर्णयलाई अस्वीकार गरे। 

उनले एक स्थानीय पत्रिकामा लेखेका छन्,‘यस क्षेत्रको नेता अहिले पनि चाल्र्स पुज्डमोन नै नै हुनुहुन्छ र उहाँ नै हुनुहुने छ।’

क्याटलोनियाको क्षेत्रीय सरकार र संसद्लाई भंग गरेर क्याटलोनिया क्षेत्रमा केन्द्रीय सरकारको प्रत्यक्ष शासन लागु गर्ने निर्णय भइसकेपछि उनले यस्तो लेखेका हुन्। 

लेखमा उनले अहिले पनि क्याटलोनियाको उपराष्ट्रपतिकै रुपमा हस्ताक्षर समेत गरेका छन्। क्याटलोनियामा प्रत्यक्ष शासन लागू गर्ने केन्द्रीय सरकारको निर्णयलाई केन्द्रीय संसद्ले अनुमोदन पनि गरेको छ। 

स्पेनले शनिबारदेखि लागू हुने गरी क्याटलोनियामा प्रत्यक्ष शासन सुरु गरेको छ। स्पेनले क्याटलोनियालाई दिएको स्वायत्त राज्यको अधिकार कटौति गर्दै राज्यका कार्यकारी तथा उच्च अधिकारीलाइसमेत बर्खास्त गरेको जनाएको छ। 

केन्द्र सरकारले उप–प्रधानमन्त्री सोराय साएन्ज डे सान्तमारियालाई क्याटलोनिया क्षेत्र हेर्नेगरी जिम्मेवारी तोकेको छ। क्याटलोनियाको क्षेत्रीय संसद्ले शुक्रबार स्वतन्त्रताको पक्षमा मतदान गरेपछि आफू स्वतन्त्र भएको घोषणा गरेको थियो। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell