PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

यू–१८ राष्ट्रिय भलिबल : न्यूडायमण्ड प्रिक्वार्टरमा



पहिलोपोस्ट

यू–१८ राष्ट्रिय भलिबल : न्यूडायमण्ड प्रिक्वार्टरमा

काठमाडौं : प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ शिवम् न्यूडायमण्ड प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ। आइतबार भएको महिलातर्फको खेलमा डायमण्डले महोत्तरीको भानुभक्त स्कुलमाथी २५–१०, २५–७ को सहज जित निकाल्दै समूह बिजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो।

नयाँ बसपार्कको ढोरपाटन स्पोर्टस टेनिङ सेन्टरमा भएको पुरुषतर्फको खेलमा काठमाडौंको आरुणी  स्कुलले जिल्ला भलिबल संघ गुल्मीलाई २–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। अरुणी स्कुलले गुल्मीलाई २५–१५, २५–२१ ले हरायो।

पुरुषतर्फकै खेलमा स्याकरिड हर्ट बोर्डिङ स्कुलले गुराँसे भुमि युवा क्लब बाग्लुङलाई २५–२३, २५–१३ को सोझो सेटमा पराजित गर्दा नुवाकोटको बुङताङले भलिबल कमिसन झापालाई २२–२५, २५–२१, २५–१४ को सेटमा पराजित गर्‍यो।

त्यस्तै मोरङको नेपाल विद्यालय भलिबल कमिसनले ललितपुरको नमुना इंग्लिस स्कुललाई २५–१२, २५–२० को सोझो सेटमा पराजित गर्यो भने थ्रीस्टार एकेडेमीले हिमचुली एकेडेमी भक्तपुरलाई २५–७, २५–११ ले हरायो। पुरुषतर्फकै अन्तिम खेलमा सुर्खेत भलिबल एसोसियसनले एन्जल हर्ट स्कुल लाई २५–१५, २५–२३ को सोझो सेटमा पराजित गर्‍यो।

प्रतियोगितामा सोमबार पुरुषतर्फ ६ र महिलातर्फ ५ खेल हुनेछन्। नेपाल विद्यालय भलिबल कमिसनको आयोजना सञ्चालन भएको प्रतियोगिताको महिला र पुरुष दुवैको विजेता टोलिले नगद १ लाख प्राप्त गर्ने छ। यस्तै उपविजेताले ६० हजार, तेस्रोले ३५ हजार तथा उत्कृष्ट विधाका विजेताले नगद ५ हजार सहित उत्कृष्ट अवार्ड हात पार्नेछन्।

कात्तिक १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell