
नेपोली इटालियन सिरी ए को शीर्ष स्थानमा फर्किएको छ। आइतबार भएको खेलमा ससुलोलाई ३-१ ले पारजित गर्दै नेपोली एक दिन नबित्दै शीर्ष स्थानमा उक्लेको हो। अघिल्लो दिन युभेन्ट्स एसी मिलानलाई पराजित गर्दै गोल अन्तरका आधारमा शीर्ष स्थानमा उक्लिएको थियो।
घरेलु मैदानमा नेपोलीलाई जिताउन एलान, जोसे माराय कालेजोन र ड्राघ मर्टेन्सले एक एक गोल गरे। ससुलोका लागि डिएगो फालचिनेलीले गोल गरे।
जितपछि यस सिजन अपराजित रहेको नेपोलीको ११ खेलबाट ३१ अंक भएको छ भने दोस्रो स्थानको युभेन्ट्समाथि ३ अंकको अग्रता बनाएको छ।
यस्तै बेनेभेन्टोलाई ५-१ ले पराजित गर्दै लाजियो तेस्रो स्थानमा उक्लिएको छ। युभेन्ट्स समान २८ अंक जोडेको लाजियो गोलअन्तर पछि पर्दै तेस्रो स्थानमा रहेको हो।
लाजियोको जितमा बास्टोस, सिरो इम्मोबाइल, एडम पारोसिक, मार्को पारोला र नानीले गोल गरे। बेनेभेन्टोका अच्राफ लाजारले एक गोल फर्काए।