PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

टी-२० क्रिकेटमा डेविड मिलरको कीर्तिमानी शतक, दक्षिण अफ्रिकाद्वारा श्रृंखला क्लिनस्विप



पहिलोपोस्ट

टी-२० क्रिकेटमा डेविड मिलरको कीर्तिमानी शतक, दक्षिण अफ्रिकाद्वारा श्रृंखला क्लिनस्विप

डेविड मिलरले पाँचौ नम्वरमा ब्याटिङ गर्दै टी-२० मा कीर्तिमानी शतक बनाएपछि दक्षिण अफ्रिकाले बंगलादेश विरुद्धको तेस्रो टी-२० खेल ८३ रनले जित्दै २ खेलको श्रृंखला क्लिनस्विप गरेको छ।

मिलरले टी २० मा सबैभन्दा कम बलमा शतक बनाउन कीर्तिमान कायम गर्ने क्रममा बंगलादेश विरुद्ध ३५ बलमा शतक पूरा गरे। उनले पहिलो ५१ रन पूरा गर्न २३ बल खेलेका थिए भने मात्र १२ बलमा ४९ रन बनाएका थिए।

यसअघि दक्षिण अफ्रिकाकै रिचर्ड लेभीले ४५ बलमा शतक बनाउदै कीर्तिमान राखेका थिए।

सबैखाले टी-२० भने मिलर सबैभन्दा कम बलमा शतक प्रहार गर्नेमा तेस्रो स्थानमा छन्। क्रिस गेलले ३० तथा एन्ड्रयु साएमण्डले ३४ बलमा शतक प्रहार गरेका छन्।

मिलर पाँचौ नम्वरमा ब्याटिङ गर्दै टी २० मा शतक बनाउन पहिलो खेलाडी समेत बनेका छन्।

मिलरले शैफुद्दिनको १९औँ ओभरमा ३१ रन प्रहार गरेका थिए। मिलरले शुरुको पाँच बलमा ५ लगातार ५ छक्का प्रहार गरेका थिए।

मिलरको शतक मद्दतमा दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाएर २२४ रन बनाएको थियो। ३६ बल खेलेका मिलरले ७ चौका र ९ छक्काको मद्तमा नटबउट १०१ रन बनाए। यस्तै हसिम अमलाले ८५ रनको योगदान गरे।

जवाफमा बंगलादेश १८.३ ओभरमा १४१ रनमा अलआउट भयो।

मिलर दोस्रो टी-२० को म्यान अफ दी म्याच तथा म्यान अफ दी सिरिज घोषित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell